मुख्यमन्त्री शुभेन्दु अधिकारी उत्तर बङ्गाल भ्रमणमा

FB_IMG_1781263488151

बागडोगरा एयरपोर्टमा सांसद राजु बिष्टद्वारा स्वागत

सिल्गढी: पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री शुभेन्दु अधिकारी आज उत्तर बङ्गालको विशेष भ्रमणका क्रममा बागडोगरा एयरपोर्ट आइपुगेका छन्। आगामी बजेट अधिवेशन अघि मुख्यमन्त्रीको यस उत्तर बङ्गाल भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ। एयरपोर्टमा दार्जीलिङ संसदीय क्षेत्रका माननीय सांसद राजु बिष्टले मुख्यमन्त्री अधिकारीलाई भव्य स्वागत जनाए।
​यस अवसरमा सांसद राजु बिष्टले मुख्यमन्त्रीको यस भ्रमणले उत्तर बङ्गाल क्षेत्रका जनताको विकास र आकांक्षाप्रति राज्य सरकार कति गम्भीर छ भन्ने कुरा प्रष्ट पारेको बताए। बजेट सत्र अगावै यस क्षेत्रका मानिसहरूको आवश्यकता, समस्या र विकासमूलक कार्यहरूको स्थलगत जानकारी लिन मुख्यमन्त्री स्वयं यहाँ आउनु उत्तर बङ्गालका निम्ति सकारात्मक संकेत रहेको उनले उल्लेख गरे। स्वागत कार्यक्रमकै क्रममा सांसद बिष्टले यस क्षेत्रका जनताको कल्याण र हितका निम्ति राज्य सरकारद्वारा हालैमा सुरु गरिएका विभिन्न जनकल्याणकारी प्रक्रिया तथा योजनाहरूका लागि मुख्यमन्त्रीप्रति हार्दिक आभार एवं धन्यवाद पनि प्रकट गरे।

About Author

Advertisement