उद्योग मन्त्री र प्याटनका प्रबन्ध निर्देशकबिच भेटवार्ता: ‘नवप्रवर्तन र विकासमा केन्द्रित’

IMG-20260611-WA0074(1)

कोलकाता: प्याटन कम्पनीका प्रबन्ध निर्देशक सञ्जय बुधियाले पश्चिम बंगाल सरकारका उद्योग, वाणिज्य तथा उद्यम मन्त्री तापस रोय र राज्यमन्त्री मौमिता विश्वास मिश्रासँग भेटवार्ता गरेका छन् ।
​आज भएको उक्त भेटघाटमा उद्योग क्षेत्रको वर्तमान अवस्था, नयाँ प्रविधिको प्रयोग (नवप्रवर्तन) र औद्योगिक विकासका आगामी योजनाबारे विस्तृत छलफल भएको जनाइएको छ।
​भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्याटनका प्रबन्ध निर्देशक बुढियाले मन्त्रीद्वयसँगको छलफल अत्यन्तै सकारात्मक र उत्साहजनक रहेको बताए। उनले यस भेटवार्तालाई ‘प्रेरणादायी’ भन्दै उद्योग क्षेत्रको दिगो विकास र नयाँ प्रविधिलाई अंगाल्ने विषयमा महत्वपूर्ण विचार आदानप्रदान भएको जानकारी दिए।
​पछिल्लो समय यस क्षेत्रमा औद्योगिक लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको सहकार्यलाई जोड दिइँदै आएको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

About Author

Advertisement