प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष एल्जिन ब्राह्मणद्वारा राजीनामा

IMG-20260611-WA0085

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष साथै भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति खरसाङ टाउन कमिटी प्रवक्ता एल्जिन ब्राह्मणले राजीनामा दिएका छन्। उनले तत्काल प्रभावको साथमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष साथै भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति खरसाङ टाउन कमिटीको प्रवक्ता दुवै पदबाट राजीनामा दिएका छन्। दुवै पद र जिम्मेवारीबाट आजदेखि अलग रहने निर्णय लिएको उनले बताएका छन्। एल्जिन ब्राह्मणले आफ्नोे राजीनामा पत्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति र सचिवलाई सम्बोधन गर्दै लेखेका छन्। पत्रमा उनले आजदेखि उता आफु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सदस्य नरहेको बताएका छन्।

About Author

Advertisement