खरसाङ: मङपू लाब्दा समष्टि युवा मोर्चाको टोलीले गोजमुमो पार्टी अध्यक्ष विमल गुरुङसित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त भेटघाट कार्यक्रम दार्जिलिङको सिंहमारीस्थित पार्टी कार्यालयमा गरेको छ। उक्त टोलीलाई समष्टि युवा मोर्चाका सभापति चन्दन खवास अनि सचिव सागर गुरुङले प्रतिनिधित्व गरेका थिए भने टोलीमा समष्टिका उप-सभापति विकाश राउत, सह-सचिव अविनाश खवास, प्रवक्ता अर्पण गुरुङ अनि लेखा परिक्षक बिचित्र छेत्रीको विशेष उपस्थिति रहेको थियो भने टोलीमा केन्द्रिय सदस्य शैलेन्द्र गुरुङको पनि उपस्थिति रहेको थियो। मङपू युवा मोर्चा टोलीले भेटघाट कार्यक्रममा हाल सम्म पूर्णरुपमा गठन भएको शाखाहरुलाई अध्यक्षसित परिचय आदान प्रदान गरे भने उक्त कार्यक्रममा नै आ-आफ्नो शाखाले आफ्नो समस्याहरु अध्यक्ष समक्ष राखे। भेटघाट कार्यक्रम समष्टिको तर्फबाट भेट स्वरुप लगेको “बिमल इज ब्याक”(Bimal is Back) लेखेको केक अध्यक्षकै बाहुलीबाट काटिए भने उक्त समष्टि सभापति चन्दन खवासको हातबाट अध्यक्षलाई खुवाए।

कार्यक्रमलाई थप रोचक बनाउनको निम्ति चन्दन खवासको बाहुलीबाट नेपाली टोपि लगाएर आउने दिनको शुभकामना टकराए भने समष्टि सचिव सागर गुरुङले सल ओढाई शुभकामना व्यक्त गरे साथै केन्द्रिय सदस्य सैलेन्द्र गुरुङले पार्टी अध्यक्ष विमल गुरुङलाई बुके प्रदान गरे। उक्त समष्टिका सम्पूर्ण कार्यकारिणी सदस्यहरुले भेट स्वरुप अध्यक्षलाई खादा अर्पण गरे। उक्त कार्यक्रमलाई सचिव सागर गुरुङले संचालन गरेका थिए।










