नयाँ दिल्ली: ईंग्ल्याण्ड टेस्ट टीमका कप्तान बेन स्टोक्स र पेस बलर गस एटकिन्सनलाई न्यूजील्याण्डविरुद्ध १७ जूनदेखि द ओवलमा खेलिने दोस्रो टेस्ट म्याचको टीमबाट बाहिर गरिएको छ। हालै प्रकाशमा आएको नाइटक्लब विवादपछि यस्तो फसेला लिइएको छ। अनुभवी ब्याटर जो रुटलाई दोस्रो टेस्ट म्याचको निम्ति ईंग्ल्याण्डको अन्तरिम कप्तान नियुक्त गरिएको छ। आइतवार राति लर्डसमा भएको पहिलो टेस्ट म्याचमा जीतपछि ईंग्ल्याण्डको टीमले खुशीयाली मनाएको थियो। खेलाड़ीहरू पहिला ड्रेसिंग रूममा अनि पछिबाट लण्डनको व्हाइट हर्स पबमा पुगेका थिए, जहाँ उनीहरूको सारासेन्स रग्बी क्लबका खेलाड़ीहरूसँग भेट भएको थियो। राति ११ बजी केही खेलाड़ीहरू चेल्सी स्थित रेक्स रूम्स नाइट क्लबमा पुगेका थिए अनि त्यहीँ राति लगभग १ बजी झगड़ा भएको थियो। त्यो समय ईंग्ल्याण्ड टीमको निम्ति निर्धारित कर्फ्यूभन्दा १ घण्टा पछि थियो। मामिलामा स्टोक्स, पेस बलर एटकिन्सन, ईसीबी सुरक्षा दलका एकजना सदस्य र सारासेन्स एकाडमीका खेलाड़ी टोटोआ औवाको नाम अघि आएको छ। रिपोर्टमा स्टोक्स र एटकिन्सन सीधै लड़ाइँमा सामेल नभएको दावी गरिएको छ। घटनामा सुरक्षा दलका एकजना सदस्य घाइते भएका थिए तर पुलिसलाई बोलाइएन। यस विवादपछि ईंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले दोस्रो टेस्टको निम्ति रुटलाई कप्तान नियुक्त गर्ने फसेला गऱ्यो। रुटले यसअघि २०१७-देखि २०२२-बीच ६४ वटा टेस्ट म्याचमा ईंग्ल्याण्डको कप्तानी गरेका थिए अनि अहिले फेरि एकपल्ट जिम्मेवारीको निम्ति तयार छन्। स्टोक्सले अहिले टीम प्रोटोकलको उल्लंघन सम्बन्धी जाँचको सामना गरिरहेका छन्। स्थानीय मीडिया रिपोर्टअनुसार, उनले आफ्नो भविष्य र वर्तमान स्थितिमाथि विचार गर्ने केही निजी समय र स्थानको माग गरेका छन्। त्यस घटनालाई केन्द्र गरेर स्टोक्सको साथमा एटकिन्सनलाई पनि दोस्रो टीमबाट बाहिर गरिएको छ। उल्लेखनीय छ, ईंग्ल्याण्ड क्रिकेटले गत केही समयदेखि टीम संस्कृति र खेलाड़ीहरूका व्यवहारलाई लिएर आलोचनाहरूको सामना गर्नु परिरहेको छ। एशेज सीरीजमा निराशाजनक प्रदर्शनको साथ अनुसाशन र अतिरिक्त मदपानसँग सम्बन्धित मुद्दाहरू पनि चर्चामा रह्यो। चाखलाग्दो कुरा के छ भने मुख्य प्रशिक्षक ब्रेण्डन म्याककुलमले पहिलो टेस्ट अघि खेलाड़ीहरूलाई चेताउनी दिँदै भनेका थिए, आधा रातपछि केही पनि राम्रो हुँदैन भन्ने मैले खेलाड़ीहरूलाई भनिसकेको छु। खेलाड़ीहरूले अघिल्लो दिन खबरकागजहरूमा हेडलाइन बनिने काम गर्नु हुँदैन। अहिले दोस्रो टेस्ट म्याच अघि आएको यस विवादले ईंग्ल्याण्ड क्रिकेटमा अनुशासनको व्यवस्था र टीम संस्कृतिलाई लिएर नयाँ बहस शुरु भएको छ।
न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्ट म्याचको निम्ति ईंग्ल्याण्डको टीम यसप्रकार छः
जो रुट (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, सोनी बेकर, शोएब बशीर, जेकब बेथेल, ह्यारी ब्रूक, जोर्डन कक्स, बेन डकेट, म्याथ्यू फिशर, एमिलियो गे, जेम्स रियू, ओली रबिनसन, जेमी स्मिथ (विकेटकीपर)र जोश टंग।










