कुशल घिमिरेद्वारा सम्पादित ‘चलचित्र अध्ययन: सिद्धान्त र प्रयोग’ पुस्तकको लोकार्पण

IMG-20260610-WA0065

दार्जिलिङ: भारतीय नेपाली चलचित्र अध्ययनको क्षेत्रमा महत्त्वपूर्ण योगदानस्वरूप ‘चलचित्र अध्ययन: सिद्धान्त र प्रयोग’ पुस्तकको लोकार्पण सम्पन्न भएको छ। उक्त पुस्तक साउथ फिल्ड कलेज, दार्जिलिङको नेपाली विभागका सहायक प्राध्यापक कुशल घिमिरेद्वारा सम्पादित पुस्तक हो। पुस्तकको औपचारिक लोकार्पण बुधवार दार्जिलिङस्थित गामा बुक्समा सम्पन्न भएको छ। पुस्तकको लोकार्पण भूपेन्द्र सुब्बा, बिनिता छेत्री, कृष्ण छेत्री तथा सम्पादक स्वयं कुशल घिमिरेले संयुक्त रूपमा गरेका थिए।दार्जिलिङस्थित गामा प्रकाशनद्वारा प्रकाशित यस कृतिमा नेपाली र अंग्रेजी भाषाका २७ वटा लेखहरू समावेश छन्, जसलाई अनुसन्धानकर्ता, लेखक तथा कलाकारहरूले योगदान दिएका छन्। पुस्तकमा भारतीय नेपाली चलचित्रका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको विविध आयाममाथि चर्चा गरिएको छ। साथै, यसले भारतीय नेपाली चलचित्रको इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक महत्त्व तथा समकालीन विकासक्रमबारे गहन र समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेको छ। भारतीय नेपाली चलचित्र अध्ययनको क्षेत्रमा महत्त्वपूर्ण योगदानस्वरूप ‘चलचित्र अध्ययन: सिद्धान्त र प्रयोग’ पुस्तकको लोकार्पण सम्पन्न भएको छ। दार्जिलिङस्थित गामा प्रकाशनद्वारा प्रकाशित यस कृतिमा नेपाली र अंग्रेजी भाषाका २७ वटा लेखहरू समावेश छन्, जसलाई अनुसन्धानकर्ता, लेखक तथा कलाकारहरूले योगदान दिएका छन्। पुस्तकमा भारतीय नेपाली चलचित्रका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको विविध आयाममाथि चर्चा गरिएको छ। साथै, यसले भारतीय नेपाली चलचित्रको इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक महत्त्व तथा समकालीन विकासक्रमबारे गहन र समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेको छ। इच्छुक पाठक र भारतबाट निर्मित चलचित्रहरूमा रूचि भएका जिज्ञासुहरूका लागि पुस्तक गोर्खा ग्रन्थागार, पुस्तक पसल, सेन्ट रोबर्ट्स स्कूल छेउ अनि गोर्खेहाट, गुन्द्रीबजार, दार्जिलिङमा पनि पुस्तक उपलब्ध रहने सम्पादक कुशल घिमिरेले जानकारी गराएका छन्।

About Author

Advertisement