सभामा सबै निर्वाचितहरु अनित थापाको साथमा रहने निर्णय
गोरुबथान: कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गतका विभिन्न समष्टिका निर्वाचित सभासदहरू, पञ्चायतका सदस्यहरू, पञ्चायत समितिका सदस्य अनि समष्टिका नेतृत्वहरूको एउटा आन्तरिक बैठक सम्पन्न भएको छ। उक्त बैठकमा वर्तमानमा चलिरहेको राजनीतिक घटनाक्रमहरूमाथि सबैले आफ्नो मन्तव्य राखेका थिए। क्षेत्रीयताको सुरक्षा केवल बीजीपीएम पार्टीले मात्र गर्न सक्छ भन्ने विचारमा सबैले आफ्नो अडान राखेको र यदि क्षेत्रीयता बचाउनु हो भने बिजीपीएम पार्टीलाई सशक्त पार्टी बनाउनुपर्छ अनि अनित थापाको नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ भनी बताएको जानकारी प्राप्त भएको छ। यो समय पार्टीबाट राजीनामा दिने समय होइन। तर पार्टीको मूलढुंगा भएर निर्वाचित सदस्यहरू अनि समष्टिका नेतृत्वहरू अडिक भएर बस्नुपर्छ भनी सुझाव राखिएको बताइएको छ।

वक्ताहरुले अनित थापा हिजो पनि हाम्रा नेतृत्व थिए अनि आज पनि छन् अनि भोलि पनि उनैको नेतृत्वमा अघि बढ्ने भन्ने विषयमा बोलेको र यसै विषयमा सभाले प्रस्ताव लिएको जानकारी प्राप्त भएको छ।










