श्रमिकहरुको पैसा भुक्तानी नभए ५० दिनको रिले अनशनपछि आन्दोलन तीव्र हुने
खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीमा श्रमिकहरुको रिले अनशन मंगलवार ४७ दिनमा प्रवेश गरेको छ। मंगलवार लङभ्यू कमानमा ४७औं दिन पनि श्रमिकहरुको रिले अनशन चलिरहेको छ। तर पनि अहिलेसम्म श्रम विभाग, पीएफ अफिस अनि नव गठित पश्चिम बङ्गाल सरकारको मौखिक आश्वासनबाहेक पीएफबारे कुनै स्थायी समाधान भएको छैन। त्यसैले लङभ्यु कमानमा पीएफ, ग्राजुएटी, बकाया हाजिरा अनि वेतन लगायत मालिक गोविन्द गर्ग अनि म्यानेजर एपि सिंहको जंगल राज विरुद्ध अन्दोलनको स्वरूप श्रमिक अनशन जारी नै छ भनी श्रमिकहरुले बताएका छन्।

अर्कोतिर यदि यसरी नै श्रमिकहरुको पैसा भुक्तानी गर्दैन भने ५० दिनको रिले अनशनपछि आन्दोलन तीव्र हुने भएको छ। यस विषयमा हिल प्लान्टेशन इम्प्लोइज युनियनले यसको घोषण आगामी १२ ६तारीख जुन २०२६ मा हुनेछ।









