खरसाङ: खरसाङको लङ्भ्यु चियाबारीको मालिक गोविन गर्गलाई कानूनी कारवाही गर्ने मांग गर्दै आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र चढाएको छ। खरसाङ महकुमा अन्तर्गत पर्ने लङभ्यु चिया बगानमा कार्यरत् श्रमिकहरूले आफ्नो हक र अधिकारको मांग गर्दै विगत ४७ दिनदेखि धर्ना प्रदर्शन गर्दै आईरहेका छन्। लङ्भ्यु चियाबारीको श्रमिकहरूले अविलम्ब न्याय पाउनुपर्छ भन्ने हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो स्पष्ट अडान रहेको बताएका छन्। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङको नेतृत्वमा आज खरसाङ महकुमा शासकसँग भेट गरेको छ। यस भेटमा लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई अविलम्ब न्याय दिने साथै बगानको मालिकलाई एफआईआर दर्ता गर्ने तथा कानूनी कार्यवाही गर्ने मांग गर्दै ज्ञापन पत्र चढाएक छन्। त्यसरी नै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टोलीले खरसाङ पुलिस थानालाई लङ्भ्यु चियाबारीका श्रमिकहरूमाथि भईरहेको अन्याय र अत्यचारबारे अवगत गराएका छन्। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले सिलगढीको भविष्य निधि तथा पीएफ कार्यालय पुगेर विभागीय अधिकारीसँग भेट गरेको छ। उक्त भेटमा लङ्भ्यु चियाबारीको मालिक विरूद्ध एफआईआर दर्ता गरेर कानूनी कारवाही गर्ने मांग गर्दै प्रतिनिधि टोलीले ज्ञापन पत्र चढाएला छन्। सिलगढीको भविष्य निधि तथा पीएफ कार्यालयले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टोलीलाई पूर्व न्यायमूर्ति अभय मनोहर साप्रेको निर्देश अनुसार पीएफको पहिलो किस्ताको निम्ति श्रमिकहरूको हस्ताक्षर जाँचको कार्य भइरहेको छ। जाँच कार्य पूरा भईसकेको छ र आगामी केही दिनभित्रमा नै श्रमिकहरूले पीएफको पहिलो किस्ताको राशि प्राप्त गर्ने बताएका छन्। लङ्भ्यु चियाबारीले श्रमिकहरूको पीएफको राशि पूरा जम्मा नगरेको विषयको जानकारी कोलकता पीएफ कार्यालयलाई अवगत गराईसकेको छ। कोलकोता पीएफ कार्यालयले लङ्भ्यु चियाबारीको मालिक गोविन गर्गविरूद्ध कारवाही गर्ने तयारी गरिसकेका छन्।

हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङसंएँग प्रमुख सल्लाहकार राजु सुब्बा, कार्यालय सचिव भीम सुनाम, बसन्त छेत्री, खरसाङबाट फुर्बा लामा, तीनधारेबाट सुनिल प्रधान,मैते प्रधान, मिरिकबाट अनिल राणा, तराईबाट राजेश लाक्रा आदि सामेल रहेका थिए।लङभ्यु चिया बगान श्रमिकहरूको अवस्थालाई ध्यानमा राख्दै रिजनल अफिसरले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टोलीलाई धेरै सुझाव र सहयोग पूराए। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको प्रतिनिधि टोली लङभ्यु चिया बगानको धरना प्रदर्शन स्थलमा पूगे अनि धरनामा बसेका श्रमिकहरूलाई हौसला प्रदान गरेको जानकारी प्राप्त भएको छ।









