मन्त्री अग्निमित्र पलद्वारा मिरिक क्षेत्रको भ्रमण

IMG-20260608-WA0112

जमीन अतिक्रमण एक संवेदनशील विषय रहेको र यस्तो हुन नदिने मन्त्री अग्निमित्रको वाचा

मिरिक: दार्जिलिङ पहाडको दुई दिवसीय भ्रमणमा रहेकी पश्चिम बंगालकी शहरी विकास अनि नगरपालिका मामिला मन्त्रालय, ‌महिला अनि बाल विकास र सामाजिक वेलफेयर मन्त्री अग्निमित्र पल आज सोमवार मिरिक आइपुगिन्। उनी दार्जिलिङको भ्रमणपछि मिरिक पुगेकी थिइन्। मिरिकमा उनलाई भाजपा लगायत गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिगण एवं कार्यकर्ताहरूले भव्य स्वागत जनाए। यस क्रममा मन्त्री पलसँगै दार्जीलिङका सांसद राजु विष्टको पनि उपस्थिति रहेको थियो। यस क्रममा उनले मिरिक झील परिसरमा रहेको स्वेरेज ट्रीटमेन्ट प्लान्टको भ्रमण गरिन्। उनले पत्रकारहरूसँग कुरा गर्ने क्रममा मिरिक पनि हिमालय हिल सिटीहरूमध्ये एक हुने र यसको विकासका लागि के कस्ता कार्यहरू गर्नु पर्ने भन्ने विषयमा यहाँको भ्रमणमा आएको बताइन्। उनले मिरिक क्षेत्रमा जमीन अतिक्रमणबारे बोल्दै अतिक्रमणको एक संवेदनशील विषय रहेको र यस्तो हुन नदिने बताइन्। तथापि गरिबको पेट मार्ने कार्य भने नगर्ने पनि बताइन्। यसरी नै उनले नगरपालिका चुनावबारे सोधिएको प्रश्नमा भने प्रतिक्रिया दिन अस्वीकार गरिन्।

About Author

Advertisement