तीनधारे: ५/८ गोर्खा राइफल्सको बेटल अनर डे (तानबिन गाउँ डे) को शुभोपक्ष्यमा सिलगढीमा ब्लडको कमिलाई मध्य नजर राख्दै साथै गाउँ समाजका नानीहरूलाई पनि रक्तदान शिविरमा प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्य राखेर भाग्यमानी सिपाहीधुराको आयोजनामा रक्तदान शिविर सम्पन्न भयो।
यस क्याम्पमा नर्थ बङ्गाल मेडिकल कालेज ब्लड बैंकको टिम उपस्थित थियो। सर्वप्रथम स्कूलको पक्षबाट ब्लड बैंकको टिम अनि हिमालयन वेल्फेयर अर्गनाइजेशनका अध्यक्ष सुरेन प्रधानलाई स्वागत जनाइएको थियो। सर्वप्रथम गाउँका युवाहरू आएर ब्लड डोनेट गरेका थिए। यस क्याम्पमा सबिर प्रधान, करिश्मा छेत्री, ललिता थापा (वीर नारी ५/८ गोर्खा राइफल्स), बिनोद प्रधान, सुधा भुजेल, सुमेन्द्र छेत्री, रबि राई, इशा छेत्री, निशा छेत्री, क्रीस राई बाट शुरूवात गरेका थिए। यस क्याम्पमा फिजियो थेरापीका डाक्टर अदित्य सिंह गुरुङले नि:शुल्कमा फिजियो पनि गरि दिएका थिए। यसको अतिरक्त राम प्रधान, कृश्ने छेत्री, प्रशन शर्मा, मनु तामाङ, प्रमित राई, रमेश प्रधान, गीता प्रधान उनको सर्व प्रथम फिजियो गरि दिए। आज डाक्टर आदित्य सिंह गुरुङले जम्मा ३१ जना बिरामीहरुलाई फिजियो थेरापी गरि दिए र धेरै जनाले त्यो थेरापीबाट लाभ भएको बताएका छन्। यस ब्लड डोनेसन क्याम्पमा जम्मा ४६ जनाले ब्लड डोनेट गरे जसमा १९ जना महिला डोनर पनि थिए। नर्थ बङ्गल मेडिकल कालेजको टिममा ब्लड बैंकका डाइरेक्टर डाक्टर एम दास अनि सिनियर अन्कोलजिस्ट डाक्टर बासब सरकार पनि उपस्थित थिए। १६ वर्षदेखि माथिका नानीहरूले ब्लड डोनेट गर्न सक्छन् र एकजना तन्दुरुस्त ब्यक्तिले बर्षमा चार चोटि सम्म पनि ब्लड डोनेट गर्न सक्छन अनि ब्लड डोनेट गर्दा जुन पुण्य कमाइन्छ त्यो सायद अरु कुनै कामबाट पनि त्यस्तो पुण्य कमाउन सकिन्। एकजनाले डोनेट गरेको ब्लडले तीनजनाको अमूल्य जीवन बाच्छ अनि ब्लड डोनर आफैलाइ पनि धेरै फाइदा हुन्छ। पहिलो चोटि ब्लड डोनेट गर्न कतिजना हिच्किचाउ छन्। तर एक चोटि ब्लड डोनेट गरे पछि त्यो हिचकिचाहट सबै मेटिएर जान्छ र अर्को चोटि ब्लड डोनेट गर्दा केही महसुस हुँदैन ढुक्क ब्लड डोनेट गर्न सक्छन्। जब मान्छेलाई ब्लडको आवश्यकता पर्छ त्यस समय उसले ब्लड डोनरको जात पात हेर्दैन,उसले धर्म हेर्दैन न त उसले लिंग नै हेर्छ। सिलगढीमा कुनै बिरामीलाई ब्लड चाहिएको खण्डमा हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधान सग सम्पर्क गरे तिनले ब्लड दिलाइ दिनेछन तसर्थ तिनलाई कसैले पनि सम्पर्क गर्न स्क्नु हुनेछ।

यस क्याम्प सफल बनाउन मिलन प्रधान, सजित राई, सुमेन्द्र छेत्री, उदय राई, सार्कु प्रधान, निशा छेत्री, रुश्तम प्रधान, आश्मा प्रधान, इशा छेत्री, सर्मिला राई, सुरक्षा छेत्री, आर बि प्रधान, बिर्जा मान तामाङ, जितन गज्मेर, बबिता शर्मा अनि वीर नारी ललिता थापाले आफ्नो बहुमुल्य समय दिएर क्याम्प सफल तुल्याएका थिए। यस ब्लड डोनर अनि भाग्यमानी सिपाहीधुराका सम्पूर्ण कर्याकर्ताहरुप्रति हिमालयन वेल्फेयर अर्गनाइजेसनको पक्षमा सुरेन प्रधानले आभार व्यक्त गरेका छन्।








