कोलकाता: उत्पादनमा नवीनता, पोर्टफोलियो विस्तार र स्थानीय संस्कृति अनुसार उपभोक्तासँग जोडिने रणनीतिका साथ ‘क्याच साल्ट एन्ड स्पाइसेस’ ले पश्चिम बङ्गालमा आफ्नो बजार उपस्थितिलाई थप सुदृढ बनाएको छ। बहुप्रतिष्ठित एफएमसीजी र मल्टि-बिजनेस कम्पनी ‘धरमपाल सत्यपाल ग्रुप’ (डीएस ग्रुप) को लोकप्रिय ब्रान्ड ‘क्याच’ ले विगत दुई वर्षमा २० प्रतिशतभन्दा बढीको वार्षिक वृद्धिदर दर्ता गर्दै आफ्नो बलियो उपस्थिति कायम राखेको हो।
ब्रान्डका लागि पश्चिम बङ्गाल रणनीतिक रूपमा महत्त्वपूर्ण बजार बनेको छ, जहाँ कोलकाता, आसनसोल, दुर्गापुर, बर्धमान र सिलिगुडी जस्ता सहरहरूले सबै विधाका उत्पादनको बिक्री बढाउन मुख्य भूमिका खेलेका छन्। सहरी केन्द्रहरू मागको मुख्य स्रोत भए तापनि क्याचले सुदृढ वितरण साझेदारीमार्फत ग्रामीण बजारहरूमा पनि आफ्नो पहुँच विस्तार गरिरहेको छ।
स्प्रिंकलर रेन्जको विस्तार र क्षेत्रीय स्वाद
उपभोक्ताहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै क्याचले आफ्नो प्रसिद्ध ‘स्प्रिंकलर रेन्ज’ (मसला छर्कने बट्टा) को दायरा बढाउने घोषणा गरेको छ। भारतीय भान्सामा लामो समयदेखि नुन र मरिचका लागि चिनिएको यस रेन्जमा अब पिज्जा-पास्ता सिजनिङ, चिली फ्लेक्स, ओरिगानो, म्याजिक मसला र मिक्स्ड हर्ब्स जस्ता आधुनिक विकल्पहरू थपिएका छन्। यसका साथै क्षेत्रीय स्वादलाई समेट्न जिरावन (पोहा मसला) र पोडी मसला पनि उपलब्ध गराइएको छ। यो नयाँ रेन्ज एजेन्सी, आधुनिक रिटेल, ई-कमर्स र क्विक कमर्स प्लेटफर्महरूमा उपलब्ध छ।
डीएस ग्रुपको ‘क्याच साल्ट एन्ड स्पाइसेस’ का बिजनेस हेड सन्दीप घोषले भने, “पश्चिम बङ्गाल हाम्रा लागि निकै महत्त्वपूर्ण बजार हो। यहाँको समृद्ध खानपान र खानासँगको गहिरो भावनात्मक सम्बन्धले हामीलाई स्थानीय संस्कृतिसँग जोडिएर ब्रान्ड प्रस्तुत गर्ने उत्कृष्ट अवसर दिएको छ। ‘क्याच बेसार’ (हल्दी) को नयाँ अभियान र पोर्टफोलियो विस्तारमार्फत हामी उपभोक्तासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन चाहन्छौँ।”
बङ्गाली अभिनेत्री सुभाश्री गाङ्गुलीसँग पहिलो क्षेत्रीय अभियान
बजार केन्द्रित रणनीतिको हिस्सा स्वरूप क्याचले ‘क्याच हल्दी’ का लागि बङ्गाल-विशेष अभियान (क्याम्पेन) सुरु गरेको छ, जसमा चर्चित बङ्गाली अभिनेत्री सुभाश्री गाङ्गुली फिचर छिन्। ब्रान्डको इतिहासमा क्षेत्रीय सेलिब्रिटीसँग बङ्गाली भाषामै तयार पारिएको यो पहिलो क्षेत्रीय सञ्चार अभियान हो।
’डेन्ट्सु’ द्वारा तयार पारिएको यो क्याम्पेन क्याचको स्थापित दर्शन “किनभने खाना केवल खाना मात्र होइन” (बङ्गालीमा: कारोन खाबर शुधु मात्रो खबर होये ना) मा आधारित छ। यो विज्ञापन चलचित्र टेलिभिजन, डिजिटल, सोसल मिडिया र ओटीटी प्लेटफर्महरूमा प्रसारण गरिनेछ। यस अन्तर्गत बङ्गालको विशेष सांस्कृतिक पर्व ‘जमाई षष्ठी’ का लागि विशेष फेस्टिभ कट समेत तयार पारिएको छ।
सन् १९८७ मा क्रान्तिकारी टेबल-टप साल्ट स्प्रिंकलर लन्च गरेर सुरु भएको क्याच ब्रान्ड अन्तर्गत अहिले ९ विधाका १४० भन्दा बढी प्रकार र ३३० एसकेयू उपलब्ध छन्। हाल देशैभर १५०० भन्दा बढी वितरकमार्फत ७ लाखभन्दा बढी रिटेल आउटलेटहरूमा क्याचका उत्पादनहरू बिक्री हुँदै आएका छन्।








