पश्चिम बंगालकी मन्त्री अग्निमित्र पललाई खरसाङमा स्वागत

IMG-20260607-WA0116

खरसाङ: पश्चिम बंगालकी शहरी विकास अनि नगरपालिका मामिला मन्त्रालय, ‌महिला अनि बाल विकास र सामाजिक वेलफेयर मन्त्री अग्निमित्र पललाई आईतवार खरसाङमा भव्य स्वागत गरिएको छ। मन्त्री अग्निमित्र पल दार्जिलिङ पहाडको भ्रमणमा आएकी छन्‌ दार्जिलिङ जाने क्रममा खरसाङको टुरिस्ट लज परिसरमा मन्त्री अग्निमित्र पललाई भारतीय जनता पार्टी खरसाङको तर्फबाट पहाडमा स्वागत जनाउँदै खदार्पण गरेका छन्। मन्त्री अग्निमित्र पलसित दार्जिलिङका सांसद राजु विष्ट र खरसाङका विधायक सोनाम लामा पनि उपस्थित रहेका थिए।‌ मन्त्री अग्निमित्र पललाई स्वागत जनाउने क्रममा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसाद, कानुनी सल्लाहकार रमेश अग्रवाल, मण्डल सभापति सञ्जय थापा, सदस्य रामकृष्ण शर्मा, खरसाङ नारी प्रकोष्ठकी सभापति दिपिका प्रधान प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए। मन्त्री अग्निमित्र पल खरसाङबाट दार्जिलिङ भ्रमणको लागि प्रस्थान गरेका थिए।

About Author

Advertisement