खरसाङ: खरसाङको सिंगेल चियाबारी निवासी सदीप देवानको निर्देशनमा रहेको फिल्म ‘मायाको डोरीले’ को ट्रेलर रिलिज गरिएको छ। स्थानीय कलाकारहरुलाई समेटेर निर्माण गरिएको नेपाली फिल्म ‘मायाको डोरीले’ अब आगामी २८ जूनको दिन रिलिज हुने भएको छ। उक्त फिल्मको विषयमा आईतवार खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर फिल्मको निर्देशक एंव निर्माता सदीप देवान, सह निर्देशक एवं सह निर्माता संगम तामाङ र फिल्मकी नायिका एवं सह निर्माता दिपिका छेत्रीले नेपाली चलचित्र ‘मायाको डोरीले’ नामक नेपाली फिल्मको विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्। यस फिल्मको निर्माण विशेष गरेर सदीप देवानको स्ट्यारी फिल्म, दिपिका छेत्रीको रोलिङ क्यामारा र संगम तामाङको सिल्भर लाईनिङ लगायत अन्यले निर्माण गरेका छन्। यस फिल्ममा संगीत पुजन राई, प्रितम मिजार, अरबीन रावत आदिले दिएका छन् भने यसमा स्वर गायक गायिकाहरु क्रमैले दियाश्री राई, प्रणय गुरुङ, ममता छेत्री, अश्विन राई, मारमेन मोक्तान, आदिको रहेको छ। यस फिल्ममा नायकको शैलम देवान नायिकामा दिपिका छेत्री र श्रेया प्रधान रहेका छन्। यस नेपाली फिल्म ‘मायाको डोरीले’ नौलो विषय वस्तुमा मनोरञ्जनको लागि बनाइएको र यस फिल्म सबैले हेर्नु पर्ने आह्वान् फिल्मका निर्देशक सदीप देवानले गरेका छन्। तीनैजनाले बताए अनुसार यो यस फिल्म आगामी 28 जूनको दिन खरसाङमा रिलिज हुने भएको छ भने यसलाई सिक्किम, कालेबुङ, मिरिक, दार्जिलिङ क्षेत्रमा पनि विस्तारै प्रदर्शन गरिने भएको जानकारी प्राप्त भएको छ।











