बाघगौडाको कोइला गोदाम शाखामा गोजमुमो र नारी मोर्चाको शाखा कमिटी गठन

IMG-20260607-WA0100

खरसाङ: खरसाङ महकुमा समिति अन्तर्गत टुंग सन्तमेरी समष्टिको बाघगौडा, कोइला गोदाम शाखामा गोर्खा जनमुक्ति मोर्चाको शाखा कमिटी अनि नारी मोर्चाको पूर्ण गठन गरिएको छ। उक्त शाखा समितिमा सभापति पासाङ्ग भोटिया, उप सभापति संजय थापा, सचिव थोपगेल लामा,
सह-सचिव पदम राई,
कोषाध्यक्ष नीर कुमार थापा आदि चयन भएका छन्। त्यसरी नै कोइला गोदाम शाखा नारी मोर्चाको कमिटीमा सभापति बिन्ध्या शेर्पा, उप सभापति लकि शेर्पा, सुवर्ण तामाङ,
सचिव मन्जिला तामाङ,
सह सचिव अनिता राई र रिता शेर्पा, कोषाध्यक्ष निमा शेर्पालाई चयन गरिएको छ।
उक्त सभा पासाङ शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो भने सभामा गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रदिप प्रधान, खरसाङ महकुमा अध्यक्ष योगेन्द्र राई, खरसाङ टाउन कमिटी सचिव विकास तिरुवा अनि समष्टि अध्यक्ष राजेस गजमेर, सचिव पुकार राई,कोषाध्यक्ष छेपाल शेर्पा समष्टि नारी मोर्चा संयोजक रेनुका थापा मंगर अनि समष्टि प्रतिनिधि उमेश तामाङ संजय लामाको उपस्थित रहेका थिए।

About Author

Advertisement