खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भईरहेको समर फेस्टिभल अन्तर्गत आज खरसाङको रेलवे स्टेशनदेखि तीनधारेसम्म साईकल ऱ्यालीको आयोजना गरिएको छ। दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा ६ देखि १४ जूनसम्म समर फेस्टिभलको आयोजना भईरहेको छ। यसै क्रममा समर फेस्टिभलको दोस्रो दिन साईकल ऱ्यालीको आयोजना गरिएको छ। उक्त साईकल ऱ्याली बिहान खरसाङ रेलवे स्टेशनबाट शुरु भएको छ। उक्त साईकल ऱ्यालीलाई दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी, खरसाङका डीएफओ आईएफएस देवेश पाण्डे र एसबीआई शाखाका प्रबन्धक शुभजीत शाह आदिले झण्डा देखाएर प्रस्थान गराएका थिए। उक्त साईकल ऱ्याली खरसाङबाट राष्ट्रिय राजमार्ग ११० अन्तर्गत गिध्द, पहाड, महानदी, घैयाबारी हुँदै तीनधारेको रेलवे स्टेशनसम्म पुगेर समापन भएको छ। उल्लेखनीय छ दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा ६ देखि १४ जूनसम्म समर फेस्टिभलको आयोजना गरिएको छ। यही समर फेस्टिभलको एक भागको रूपमा यो साईकल ऱ्यालीको आयोजना गरिएको छ। उक्त साईकल ऱ्याली स्थानीय युवाहरुलाई प्रोत्साहन गर्नलाई आयोजना गरिएको र यो ऱ्याली खरसाङ रेलवे स्टेशनबाट शुरु भएर तीनधारे रेलवे स्टेशनमा चलिरहेको स्टेशन महोत्सवमा पुगेर समापन हुने दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरीले पत्रकारहरुलाई सम्बोधन गर्दै बताएका छन्।











