किसानहरूको कमाई बढ्ने अनि तेल आयात घट्ने: मन्त्री हरदीप सिंह
नयाँ दिल्ली: भारतको पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले हालै दिल्लीमा मारुति सुजुकी कम्पनीले बनाएको भारतकै पहिलो फ्लेक्स-फ्युएल प्यासेन्जर गाडी (यात्री वाहन) लाई झण्डा हल्लाएर सुरु गरे। यस पालोमा केन्द्रीय सडक परिवहन मन्त्री नितिन नबीन पनि उपस्थित थिए। यो फ्लेक्स-फ्युएल गाडी चाहिँ ई२० देखि लिएर ई१०० सम्मको इथानोल-पेट्रोल मिक्समा मज्जाले कुद्न सक्छ। मन्त्री पुरीले भने कि गाडी बजारमा यो नयाँ प्रविधि आउनु भनेको खालि गाडी लन्च हुनु मात्रै होइन, तर देशको इनर्जी ट्रान्जिसन (ऊर्जा परिवर्तन) मा एउटा नयाँ इतिहास लेखिनु हो। भारतभरि प्रायः ३७ लाख प्यासेन्जर गाडीहरू छन्, अनि यो प्रविधिलाई सबैले अपनाए भने इथानोल चल्ने गाडीहरूले अझै दरो रफ्तार समात्नेछ।
संसारभरि संकट भए तापनि तेलको कमि हुन दिएनौं
मन्त्री पुरीले अझै भने कि लडाईं सुरु हुन अघि भारतमा आउने ६०% एलपीजी ग्यास ‘होर्मुज जलडमरू मध्य’ भएर आउँथ्यो। त्यस्तो विघ्न अप्ठ्यारो पर्दा पनि भारत सरकारले आफ्नो १४० करोड जनतालाई तेल र ग्यासको कमि कतै हुन दिएन। कतिपय ठाउँमा हल्ला फैलाएर कृत्रिम अभाव गराउने कोसिस पनि गरियो, तर समयमै सही कदम चालेको हुनाले स्थिति कन्ट्रोलमै रह्यो।
इथानोल मिक्सिङले रूपै फेरिदियो
पहिले २०१३-१४ तिर पेट्रोलमा इथानोल मिसाउने काम १.५% भन्दा पनि कम्ती हुन्थ्यो, तर अहिले २०२५-२६ मा आइपुग्दा यो बढेर सीधा २०% पुगिसकेको छ। हामीले त तोकेको समय भन्दा ५ वर्ष अगावै यो टारगेट पूरा गरिछाड्यौं। यसले गर्दा बाहिरबाट कच्चा तेल मगाउने खर्च घटेको छ, विदेशी रुपियाँ जोगिएको छ अनि हाम्रा किसान दाजुभाइहरूको पकेट पनि गरम (आय वृद्धि) भएको छ।
किसानहरूलाई १२,४०३ करोडको फाइदा
यदि नयाँ बिक्ने गाडीहरू मध्ये ५०% मात्रै पनि फ्लेक्स-फ्युएलमा बद्लियो भने, किसानहरूले १२,४०३ करोड रुपियाँको एक्स्ट्रा आम्दानी पाउनेछन्। साथै, वातावरण प्रदूषण गर्ने कार्बन उत्सर्जनमा पनि ६६.४ लाख मेट्रिक टनसम्मको कमि आउनेछ। नीति आयोगले त यसलाई ‘जिरो-इमिसन’ (शून्य प्रदूषण) गाडीकै दर्जा दिएको छ।
देशभरि ई८५ नेटवर्क बनाउने दाउ
सरकारले अब सुरुवाती दिनहरूमा दिल्ली-एनसीआर अनि मुम्बई-पुणे-नागपुर रूटमा ५० देखि १०० वटा फ्लेक्स-फ्युएल पम्पहरू खोल्ने प्लान गरेको छ। डिसेम्बर २०२६ सम्ममा यसलाई बढाएर ५०० अनि २०२७ को अन्तसम्ममा मुख्य सहरहरूमा ५,००० वटा पम्प पुर्याउने कडा लक्ष्य राखिएको छ। मन्त्री पुरीले सबै गाडी बनाउने कम्पनीहरूलाई चाँडो भन्दा चाँडो यस्तो फ्लेक्स-फ्युएल मोडलहरू बजारमा उतार्ने अपिल पनि गरे।











