फ्रेञ्च ओपनको महिला एकलमा मिरा एण्ड्रीवा च्याम्पियन

IMG-20260607-WA0051

पेरिस: रुसकी युवा टेनिस खेलाड़ी मिरा एण्ड्रीवाले फ्रेञ्च ओपन २०२६-मा महिला एकलको खिताब जितेर इतिहास रचिन्। शनिवार खेलिएको फाइनलमा १९ वर्षीय एण्ड्रीवाले पोल्याण्डकी माजा च्वालिन्स्कालाई ६-३, ६-२-ले पराजित गरी आफ्नो करियरको पहिलो ग्राण्ड स्ल्याम खिताब जितिन्। यस जीतको साथ एण्ड्रीवा १९९२-मा १८ वर्षकी उमेरमा खिताब जित्ने मोनिका सेलेसपछि फ्रेञ्च ओपनको सबैभन्दा युवा महिला च्याम्पियन बनिन्। एण्ड्रिवा र च्वालिन्स्का दुवैको यो पहिलो ग्राण्ड स्ल्याम फाइनल थियो। रुसकी खेलाड़ीले फाइनल म्याचमा शुरुदेखि नै असाधारण प्रदर्शन गरिन्। उनले दुवै सेटको शुरुवाती चरणमै प्रतिद्वन्द्वीको सर्विस तोड़िन् अनि म्याचलाई नियन्त्रणमा राखिन्। विश्वकी आठौं नम्बरकी खेलाड़ी एण्ड्रीवाले असाधारण बेसलाइन शट्स, तेज मूभमेण्ट र सटिक सर्विसको साथ २४ वर्षीय च्वालिन्स्कालाई पूरा म्याचमा दबाउमा राखिन्। फाइनलमा हारको सामना गर्नु परे पनि पूरा टुर्नामेण्टमा च्वालिन्स्काको प्रदर्शन प्रेरणादायी रह्यो। विश्व ऱ्याङकिंगमा ११४औं स्थानमा रहने च्वालिन्स्काले क्वालीफायरको माध्यमले मूल चरणमा स्थान बनाएकी थिइन्।

About Author

Advertisement