जीएमसी र जीएनएसद्वारा पर्यावरण दिवस भव्य रूपमा पालन
गान्तोक: विश्व पर्यावरण दिवस २०२६ को शुभ अवसरमा गान्तोक नगर निगम(जीएमसी)ले जीएनएससँग मिलेर मर्तमस्थित वेस्ट ट्रिटमेन्ट प्लान्ट (फोहोर प्रशोधन केन्द्र) मा एउटा विशेष कार्यक्रमको आयोजना गरेको छ। यस वर्षको पर्यावरण दिवसको मूल नारा “इन्स्पायर्ड बाइ नेचर। फर क्लाइमेट। फर आवर फ्युचर।” (प्रकृतिबाट प्रेरित। जलवायुका लागि। हाम्रो भविष्यका लागि।) रहेको थियो।

यस गरिमामय कार्यक्रममा गान्तोकका मेयर छिरिङ पाल्डेन भोटियाले फोहोरको सही र प्रभावकारी प्रशोधन, प्लास्टिकको प्रयोगमा कमी ल्याउनु पर्ने अनि हाम्रो बानी-व्यवहारमा परिवर्तन ल्याउनु अत्यन्तै आवश्यक रहेको कुरामा जोड दिए। कार्यक्रममा उपस्थित अधिकारीहरूले “वार अन वेस्ट” (फोहोर विरुद्धको युद्ध) अभियान र दिगो पर्यावरणीय अभ्यासहरूका बारेमा आफ्ना महत्त्वपूर्ण भनाइहरू राखे।

कार्यक्रमको समापन पर्यावरण संरक्षणलाई बढावा दिने उद्देश्यका साथ गरिएको व्यापक वृक्षारोपण अभियानसँगै भएको थियो। हाम्रो पहाडी सहर र गाउँलाई सफा अनि हराभरा राख्नका लागि यो एउटा निकै सराहनीय प्रयास हो!











