फिफा वर्ल्ड कपमा खेल्न तयार भारतीय मूलका चारजना फूटबलर

IMG-20260604-WA0077

नयाँ दिल्ली: भारतको निम्ति फिफा वर्ल्ड कपमा खेल्नु अहिले सपना नै रहेको छ तर १२ जूनदेखि शुरु हुने फूटबलको सबैभन्दा ठूलो टुर्नामेण्टमा भारतीय मूलका ४ जना फूटबलर मैदानमा ओर्लिन तयार छन्। यी ४ जना खेलाड़ी सरप्रीत सिंह, सेमुएल मौतौसामी, निशान वेलुपिल्ले र तहसीन मोहम्मदले अहिले फ्रान्सका मीडफिल्डर विकास धोरासूको पदचिन्ह पहिल्याउन गइरहेका छन्। धोरासूले जर्मनीमा २००६ वर्ल्ड कपमा हिस्सा लिएका थिए। धोरासूका पूर्वज आन्ध्र प्रदेशको विजयनगरमका निवासी थिए। यस सूचीमा सामेल हुन गइरहेका चारजना खेलाड़ीहरूमाथि एक नजर दिन गइरहेका छौं।
सरप्रीत सिंह (न्यूजील्याण्ड)
अकल्याण्डमा पञ्जाबी माता-पिताको घरमा जन्मिएका सरप्रीत २०१८-मा मुम्बईमा इण्टरकण्टिनेण्टल कपको अवधि भारतमा खेलेका थिए। उनले त्यही साल न्यूजील्याण्डको निम्ति पदार्पण गरेका थिए। त्यस ४ देशीय टुर्नामेण्टमा भारत च्याम्पियन भएको थियो भने न्यूजील्याण्डले तेस्रो स्थान हासिल गरेको थियो। त्यसको एक सालपछि सरप्रीत जर्मनीको पहिलो डीविजनमा खेल्ने पहिलो भारतीय मूलका खेलाड़ी बनेका थिए। उनले २०१९-मा बायर्न म्यूनिकको निम्ति पदार्पण गरेका थिए। उनी अष्ट्रेलियाई ए लीग टीम वेलिंगटन फीनिक्सबाट बायर्न म्यूनिखमा सामेल भएका थिए। सरप्रीत २०१९-२० सीजनमा बुण्डेसलीगा च्याम्पियन बन्ने टीमको हिस्सा थिए। मीडफिल्डर सरप्रीतले पोर्तुगल र सर्बियामा पनि क्लब फूटबल खेलिसकेका छन्। यस साल फरवरीमा चोट लाग्दा उनी ८ हप्तासम्म मैदानदेखि बाहिर रहेका थिए। चोटमुक्त भएपछि सरप्रीतले न्यूजील्याण्डको २६ सदस्यीय वर्ल्ड कपको टीममा स्थान बनाएका छन्। उनले न्यूजील्याण्डको निम्ति २४ वटा म्याच खेलेर ३ गोल गरेका छन्। सरप्रीतले २०१७ र २०१९-मा फिफा अण्डर-२० वर्ल्ड कप पनि खेलेका थिए।
सेमुएल मौतौसामी (डीआर कंगो)
सेमुएलको जन्म फ्रान्समा भएको थियो। उनको माता कंगो मूल अनि पिता तमिल मूलका हुन्। फिफाको नियमहरू अनुसार, कुनै खेलाड़ी कुनै राष्ट्रिय टीमको निम्ति तब मात्र खेल्न सक्छन् जब उनको जैविक माता, जैविक पिता या बाजे-बोजुको जन्म त्यस देशमा भएको हुन्छ। यसबाहेक खेलाड़ीसँग प्रतिनिधित्व गर्ने देशको पासपोर्ट पनि रहनु पर्छ। २९ वर्षीय मीडफिल्डर सेमुएल वर्तमानमा ग्रीसको सुपर लीग क्लब एटरोमिटोसबाट खेलिरहेका छन्। उनको कंगो सीनियर राष्ट्रिय टीमबाट अहिलेसम्म ५७ वटा म्याच खेलिसकेका छन्।
निशान वेलुपिल्ले (अष्ट्रेलिया)
वेलुपिल्लेका माता एंग्लो-इण्डियन र पिता श्रीलंकाई मूलका तमिल हुन्। २५ वर्षीय विंगर वेलुपिल्ले अष्ट्रेलियाको २६ सदस्यीय टीममा सामेल ती १७ खेलाड़ीहरूमा एक हुन् जो फिफा वर्ल्ड कपमा आफ्नो पदार्पण गर्न गइरहेका छन्। वेलुपिल्लेले अष्ट्रेलियाको शीर्ष स्तरीय ए-लीगमा मेलबर्न भिक्ट्रीको प्रतिनिधित्व गर्छन्। उनले अक्टोबर २०२४-मा वर्ल्ड कप क्वालीफाईंग राउण्डको अवधि अष्ट्रेलियाको निम्ति पदार्पण गरेका थिए। चीनविरुद्ध त्यस म्याचमा स्थानापन्न खेलाड़ीको रूपमा मैदानमा ओर्लिएर उनले गोल पनि गरेका थिए। उनले अहिलेसम्म अष्ट्रेलियाको निम्ति ७ वटा म्याच खेलेर ३ गोल गरेका छन्। वेलुपिल्लेले सबै गोल वर्ल्ड कप क्वालीफायरमा गरेका थिए।
तहसीन मोहम्मद जमशेद (कतर)
तहसीनको जोन्म दोहामा मलायली माता-पिताको घरमा भएको थियो, जो २००६-मा कन्नूरबाट कतर गएका थिए। उनी १६ जूनमा २० सालका हुनेछन्। तहसीनका पिता जमशेद कालीकट विश्वविद्यालयका पूर्व खेलाड़ी थिए। तहसीनले दोहास्थित एस्पायर एकाडमीमा आफ्नो फूटबल कौशललाई अघि बढ़ाए अनि कतर स्टार्स लीगमा खेल्ने पहिलो भारतीय मूलका खेलाड़ी बने। अहिले उनी अल दुहैल एससी-बाट खेल्छन्। विंगर तहसीनले फिफा वर्ल्ड कप क्वालीफायर ग्रुप म्याचको अवधि २०२४-मा अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय फूटबलमा पदार्पण गरेका थिए। उनले जिम्बाब्वे (२०२५) र आयरल्याण्ड (२०२६)-विरुद्ध २ वटा अन्तर्राष्ट्रिय मैत्री म्याच पनि खेलेका छन्। उनले अहिलेसम्म गोल चाहिँ गरेका छैनन्।

About Author

Advertisement