खरसाङ क्षेत्रमा अन्नापूर्ण योजनाको लाभार्थी दुई सय महिलाहरुलाई प्रमाण पत्र वितरण

IMG-20260603-WA0073

खरसाङ: बुधवारदेखि पश्चिम बंगालका महिलाहरुका लागि अन्नापूर्ण योजना शुरुको हुनको साथै मासिक रुपमा ३ हजार रुपियाँ प्रत्येक महिलाको ब्यांक खातामा पस्न थालेको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार कोलकाताबाट अन्नापूर्ण योजनाको शुरुवात गरेका छन्।यसको साथै बुधवारदेखि अन्नापूर्ण योजना अन्तर्गत महिलाको ब्यांक खातामा मासिक ३ हजार रुपियाँ पस्ने महिलाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ। उनको यस उदघाटनलाई भर्चुयल माध्यमबाट खरसाङमा पनि देखाएर खरसाङ क्षेत्रमा पनि अन्नापूर्ण योजना शुरु गरिएको छ। खरसाङको राज राजेश्वरी हलमा सम्पन्न एक कार्यक्रमबीच अन्नापूर्ण योजना अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रका एक सय र खरसाङ खण्ड अन्तर्गत रहेका एक सय लाभार्थी महिलाहरुलाई खरसाङ महकुमा शासक प्रिया यादव, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, जोइन्ट बीडीओ देवाशिष मण्डल, खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, खरसाङका विधायकका प्रतिनिधिद्वय बिनय प्रसाद र सञ्जय थापा आदिको बाहुलीबाट अन्नापूर्ण योजनाको लाभ प्रमाण पत्र वितरण गरिएको छ। यस अवसरमा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरुका पञ्चायत प्रधानहरु उपस्थित रहेका थिए। यस वितरण कार्यक्रमलाई खरसाङ महकुमा शासक कार्यालयकी कर्मचारी पल प्रतिभा दर्नालले सञ्चालन गरेकी थिइन्। राज्य सरकारको तर्फबाट महिलाहरुलाई मासिक रुपमा ३ हजार रुपियाँ गरेर आर्थिक सहयोग प्रदान गरिएको छ। यसको लागि फारम भर्ने कार्य सुरु भएको छ। यस अन्नापूर्ण योजना अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा अहिलेसम्म १६२६ जना र खरसाङ खण्ड अन्तर्गत पर्ने क्षेत्रहरुमा अहिलेसम्म २८३५ जना महिलाहरुले अन्नापूर्ण योजनाको फारम भरिसकेको जानकारी प्राप्त भएको छ। अन्नापूर्ण योजनाको लागि रहेका महिला बीएलओहरुलाई खरसाङ महकुमा शासक प्रिया यादवको बाहुलीबाट प्रमाण पत्र वितरण गरिएको छ। यस अन्नापूर्ण योजना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङका विधायकका‌ प्रतिनिधि बिनय प्रसादले प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार गठन भएपछि वाचा गरे अनुसार महिलाहरुलाई अन्नापूर्ण योजना अन्तर्गत मासिक तीन हजार गरेर सहयोग राशि प्रदान गरिएको र यसको लागि आज यहाँ प्रमाण पत्र वितरण गरिएको जानकारी गराएका छन्। उनले सबैले अन्नापूर्ण योजनाको फारम भरिदिने अनुरोध गर्दै यसमा कुनै समस्या र दुविधा छैन कारण यो सरकारले दिएको योजना हो भनी बताएका छन्। यस योजनालाई लिएर देखिएको अन्यौता विषयमा बोल्दै भने, केही हुँदैन। सबैले फारम भर्नु हवस सरकार जनताको साथमा छ र यो सरकार जनताको सरकार हो यसमा कसैलाई समस्या हुँदैन तर सबैलाई सरकारको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको बताएका छन्।

About Author

Advertisement