रंगटङ्ग क्षेत्रमा अपरिचित व्यक्तिको मृत देह उध्दार

IMG-20260603-WA0079

खरसाङ: तीनधारेदेखि मुनितिर रहेको रंगटङ्ग नजिक क्षेत्रमा एउटा अपरिचित मृत देह फेला परेको छ। प्राप्त जानकारी अनुसार रंगटङ्ग रेलवे स्टेशनदेखि केही माथितिर रहेको जंगलभित्र बुधवार साँझको समयमा एकजना अपरिचित पुरुष व्यक्तिको मृत देह फेला परेको र उमेर विषयमा सठीक जानकारी नभएको बताइएको छ। उक्त अपरिचित व्यक्तिले रुखमा झुण्डिएर आत्मा हत्या गरेको आशंका गरिएको छ।‌ स्थानीयहरुले पुलिस प्रशासनलाई जानकारी गराएपछि तीनधारे पुलिस आउट पोष्टको पुलिस पुगेर उक्त अपरिचित व्यक्तिको मृत देहलाई उध्दार गरेर सुकना अस्पताल लगिएको अनि बिहीवार उत्तर बंगाल मेडिकल कलेज लगिने जानकारी प्राप्त भएको छ। उक्त मृत देह विषयमा कसैले जानकारी लिन चाहे तीनधारे पुलिस आउट पोष्टसित सम्पर्क गर्न सक्ने बताइएको छ‌।

About Author

Advertisement