फिफा वर्ल्ड कपको निम्ति उरुग्वेद्वारा टीमको घोषणा

IMG-20260601-WA0062(1)

नयाँ दिल्ली: दक्षिण अमेरिकी महाशक्ति उरुग्वेले फिफा वर्ल्ड कप २०२६ को लागि अन्तिम टीमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतवार राति टीम घोषणा गरेका हुन्। टीममा कप्तान तथा मीडफिल्डर फेडेरिको भाल्भेर्डे, अनुभवी डिफेण्डर जोसे मारिया जिमेनेज र गोलकीपर फर्नाण्डो मुस्लेरा आशानुरुप रहेका छन्। त्यसरी चोटबाट फर्किएका मीडफिल्डर जियोर्जियन डे अरास्काएता पनि टीममा परेका छन्। उरुग्वे वर्ल्ड कपको ग्रुप एच-मा रहेको छ। त्यस ग्रुपमा उरुग्वेसँग स्पेन, केप भर्दे र सऊदी अरब रहेको छ। फिफा वर्ल्ड कप १२ जूनदेखि शुरु हुनेछ।
फिफा वर्ल्ड कपको निम्ति उरुग्वेको टीम यसप्रकार छः
गोलकीपर: साण्टियागो मेले, फर्नाण्डो मुस्लेरा, सर्जियो रोचेत।
डिफेण्डर: रोनाल्ड अराउजो, साण्टियागो बुएनो, सेबास्टियन कासेरेस, जोसे मारिया जिमेनेज, माथियास ओलिभेरा, जोआक्विन पिक्वेरेज, गुइलर्मो भारेला, माथियास भिना।
मीडफिल्डर: म्याक्सिमिलियानो अराउजो, जियोर्जियन डे अरास्काएता, रोड्रिगो बेण्टांकुर, अगुस्टिन कानोबियो, निकोलास डे ला क्रुज, एमिलियानो मार्टिनेज, फाकुण्डो पेलिस्त्री, ब्रायन रोड्रिगेज, जुआन म्यानुअल सानाब्रिया, म्यानुएल उगार्टे, फेडेरिको भाल्भेर्डे, रोड्रिगो जालाजार।
फरवर्ड: रोड्रिगो अगिरे, फेडेरिको भिनास, डार्विन नुनेज।

About Author

Advertisement