गोजमुमोको शाखा कमिटीसितै नारी र युवा मोर्चाको शाखा कमिटी गठन

IMG-20260601-WA0107

खरसाङ: गोजमुमो टुंग सन्त मेरिज समष्टिमा संगठनलाई मजबुत बनाउने कार्य निरन्तर चलिरहेको जानकारी प्राप्त भएको छ। यसै क्रममा यस समष्टि अन्तर्गत बेलटार शाखालाई पूनर्गठन गर्न समष्टि सभापति राजेस गजमेरको सभापतित्वमा सभा सम्पन्न भयो। नयाँ र पुरानो सदस्यहरु कसैलाई नछुट्टाई मजबुत शाखाको निम्ति सर्वसम्मतिले शाखा पूनर्गठन गरियो। गोजमुमो बेलटार शाखामा सभापति प्रवेश छेत्री, उप सभापति सुवास रसाईली, सचिव प्रणय छेत्री, सह सचिव दिवस शेर्पा, कोषाध्यक्ष विवेक छेत्री लगायत १० जनाको कार्यकारिणी सदस्य चुनिएका छन्। त्यसरी नै बेलटार शाखामा नारी मोर्चाको सभापति शकिला मंगर, उप सभापति नीलू मुखिया, सचिव अञ्जली छेत्री, सह सचिवा निकुंजा प्रधान, कोषाध्यक्ष प्रमिला छेत्री लगायत ८ जना कार्यकारिणी सदस्याहरु चुनिएका छन्। यसै क्रममा बेलटार युवा मोर्चा शाखामा सभापति राहुल थापा, उप सभापति सलिम थापा, सचिव साहिल रसाईली, सह सचिव साहिल थापा, कोषाध्यक्ष सौरज मुखिया लगायत १२ जना कार्यकारिणी सदस्यहरु चुनिएका छन्।

यस सभामा विशेष गरेर गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईको उपस्थिति रहेको थियो भने महकुमा सहसचिव विकास तिरुवा, समष्टि कोषाध्यक्ष छेपाल शेर्पा, सदस्य उमेश तामाङ, महकुमा युवा सचिव अरुण थापा, समष्टि युवा सभापति पूजन छेत्री, केन्द्रीय युवा सदस्य निमा तामाङ लगायत अन्य सदस्यहरु उपस्थित थिए।

About Author

Advertisement