अन्दान्ते स्कूल अफ् म्युजिक सिलगढीको छैटौँ वार्षिक सांगीतिक कार्यक्रम सम्पन्न

IMG-20260601-WA0112

सालबारी: खरसाङका युवाद्वारा संगीत क्षेत्रमा युवाहरुलाई अघि लगाउन र संगीतको ज्ञान सिकाउन शुरु गरिएको अन्दान्ते स्कूल अफ म्युजिकको छैटौँ वार्षिक सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। खरसाङका सक्रिय युवाद्वारा सञ्चालित उक्त संगीत स्कूलको छैंटौं वार्षिक सम्मेलन सालबारीको मेथीबारीस्थित पारिजात रोडमा रहेको मेथीबारी जनहित समाज‌ भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा वरिष्ठ नाटककार एंव कलाकार जीवन गुरूङ, वरिष्ठ संगीतकार रोशन सिंह अनि दिपक घतराजको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा रहेको सांगीतिक प्रतिभालाई उजागर गर्नुका साथै संगीतप्रति उनीहरूको रुचि, लगनशीलता र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्नु रहेको आयोजक तथा अन्दान्ते स्कूल अफ् म्युजिकका निर्देशक अभिषेक घतराजले जनाएका छन्। कार्यक्रममा विद्यार्थीहरू साथै उक्त स्कूलका प्रशिक्षक आशिष छेत्री, राजेश रोय अनि निर्देशक अभिषेक घतराजको प्रस्तुतिले उपस्थित दर्शकहरूको मन जित्न सफल भएको थियो। छैटौँ वार्षिक सांगीतिक कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै संगीत प्रेमीहरूलाई उत्कृष्ट सांगीतिक वातावरणमा रमाउने अवसर समेत प्रदान गरेको थियो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीजरुलाई प्रमाण पत्र पनि अतिथिहरुका बाहुलीबाट प्रदान गरिएको छ।

कार्यक्रम उत्साह, उमङ‌्ग र सांगीतिक सौन्दर्यका साथ सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण अभिभावक, अतिथिगण साथै दर्शकहरूप्रति संस्थापक अभिषेक घतराजले धन्यवाद जनाएका छन्।

About Author

Advertisement