दार्जिलिङ: आज दार्जीलिङका विधायक नोमन राईले संयुक्त चालक मञ्चका प्रतिनिधिहरूसँग दार्जिलिङको प्रसिद्ध पर्यटकीय स्थल टाइगर हिल परिसरको भ्रमण गरी चालकहरूले दैनिक रूपमा भोग्दै आएका विभिन्न समस्याबारे प्रत्यक्ष जानकारी लिएका छन्। उनले यस भ्रमणका क्रममा टोकन व्यवस्थापन, पार्किङको अभाव, शौचालयको अवस्था तथा अन्य आवश्यक पूर्वाधार सम्बन्धी समस्याहरूको अवलोकन गरेको बताउँदै पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका चालकहरूको सुविधा र सम्मान सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको महशूस गरेको बताएका छन्।

उनले जनसाधारणको विभिन्न माग तथा समस्याहरूलाई सम्बन्धित विभागसमक्ष उठाई आवश्यक समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनताको समस्या बुझ्दै समाधानतर्फ निरन्तर प्रयासरत रहनेछु भनी बताएका छन्।









