अन्तर्राष्ट्रिय स्तरको निम्ति वैभव सूर्यवंशी तयार रहेको प्रशिक्षक कुमार संगकाराको दावी

IMG-20260530-WA0105

मुल्लांपुर: आईपीएल २०२६-मा राजस्थान रोयल्सको यात्रा समाप्त भए पनि टीमका युवा ओपनिंग ब्याटर वैभव सूर्यवंशी पूरा टुर्नामेण्टको सबैभन्दा ठूलो आकर्षण बने। गुजरात टाइटन्सविरुद्ध क्वालीफायर-२ मा ७ विकेटले हारपछि राजस्थान रोयल्सका मुख्य प्रशिक्षक कुमार संगकाराले वैभवलाई लिएर दिएको बयानले भारतीय क्रिकेट जगतमा नयाँ चर्चा शुरु भएको छ। म्याचपछि पत्रकार सम्मेलनमा संगकारासँग के वैभव सूर्यवंशी भारतीय सीनियर टीममा पदार्पणको निम्ति तयार छन् भनी प्रश्न गरिँदा पूर्व श्रीलंकाई कप्तानले कुनै हिच्किचाहट बिना सकारात्मक प्रतिक्रिया दिए। संगकाराले भने, कुनै खेलाड़ी मैदानमा ओर्लिएर नखेलेसम्म उनी अन्तर्राष्ट्रिय क्रिकेटको निम्ति तयार छन् या छैनन् भन्ने थाहा लाग्दैन। वैभव अलग प्रतिभा हुन् अनि यस आईपीएलमा विश्वका सर्वश्रेष्ठ बलरहरूविरुद्ध उनको प्रदर्शनलाई बिचार्दा उनी कुनै पनि चुनौतीको सामना गर्न तयार छन्। उनलाई चाँड़ै भारतीय टीममा बोलाइने मलाई पूर्ण विश्वास छ। संगकाराले युवा ब्याटरको भरपूर प्रशंसा गरे। संगकाराको भनाइअनुसार, वैभव सूर्यवंशीले पूरा सीजनमा असाधारण परिपक्वता देखाए अनि टीमको निम्ति ओपनिंग साझेदारीको जिम्मेवारी असल तरिकाले निर्वाह गरे। मैदान भित्र मात्र नभएर मैदान बाहिर पनि राजस्थान रोयल्सका सपोर्ट स्टाफहरूले वैभवलाई सही दिशा दिने प्रयास गरिरहेका छन्। उनले भने, हामीले वैभवको निम्ति असल योजना तयार गरेका छौं। हामी उनको दिमागमा अनावश्यक कुराहरू हाल्दैनौं। उनी हाम्रो हरेक टीम मीटिंग्समा सामेल हुन्छन्, आफ्नो विचार व्यक्त गर्छन् अनि कुराहरू ध्यानले सुन्छन्। उनी धेरै मेहनत गर्छन् अनि बलरहरूलाई अध्ययन गर्छन्। प्रत्येक म्याच अघि उनले असल तयारी गरेका हुन्छन्। हामी उनको दिमाग सफा रहोस् अनि नीडरताको साथ खेलोस् भन्ने चाहन्छौं, जसले गर्दा उनी चिनिन्छन्। उल्लेखनीय छ, वैभवले आईपीएल २०२६-मा १६ वटा ईनिंग्समा ७७६ रन बनाएका छन्, जसमा एउटा शतक पनि सामेल छ।

About Author

Advertisement