शब्द समयको १५४औँ प्रकरण सम्पन्न

IMG-20260530-WA0142

सालबारी: शब्द समय सालबारीको १५४औँ प्रकरण सम्पन्न भयो। शब्द समयका संयोजक कवि निर्मल सिन्चुरीले सञ्चालन गरेको यस प्रकरणमा कृष्ण प्रधान ‘अर्पण’, अवकाशप्राप्त कप्तान महेश कुमार सुब्बा, बिर्ख खड्का ‘डुवर्सेली’, जीतबहादुर सुनार, गङ्गा प्रधान, आईएन शर्मा, प्रेमकुमार सुनार, लिलबहादुर सुनार, पूर्ण मगर, मणिका प्रधान गुरुङ, मिलन रुचाल, अनुप छेत्री, हेमन्त काफ्ले र भाष्कर शर्मा मैनालीले आ-आफ्ना कविता, लेख र कथा सुनाए भने शब्द समयका संस्थापक वरिष्ठ कविद्वय मोहन ठकुरी र ज्ञानेन्द्र खतिवडाले, शब्द समय, यसको आयोजन, यसले आउँदा दिनमा बनाएको योजना र आजको प्रकरणमा वाचन गरिएका लेखादिहरूमाथि आफ्नो मन्तव्य पोखेका थिए। यस १५४ औँ प्रकरणमा नाटकका लिजेन्ड टङ्क शर्मा अनि लेखक एवम् राजनीतिक चिन्तक डि. एस. बम्जन पनि उपस्थित थिए।
उल्लेखनीय छ, २५ मई २०१३ देखि मासिक रूपमा सम्पन्न हुँदै आएको शब्द समयले अटुट रूपमा १५४औँ प्रकरण पूरा गरिसकेको छ भने १५०औँ प्रकरणको अवसरमा कथासङ्ग्रह ‘शब्द समय’ पनि प्रकाशित गरिसकेको छ। शब्द समय प्रत्येक महिनाको अन्तिम शनिवार सम्पन्न हुने गर्छ।

About Author

Advertisement