नाम्चेबुङ निर्वाचन क्षेत्रबाट छजना महिला भाजपामा सामेल

n713946311177997972139756955176e792a0a227de15321efe45867bd585a0c94ab32191dceaacfde8a9bf

गान्तोक: सिक्किमको क्रान्तिकारी राजनीतिक पृष्ठभूमिबीच आज नाम्चेबुङ निर्वाचन क्षेत्रका छजना महिलाहरू गान्तोकमा औपचारिक रूपमा दक्षिणपन्थी र पुँजीवादी चरित्र बोकेको भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। नयाँ सदस्यहरूलाई भाजपाका प्रदेश अध्यक्ष डीआर थापा, महिला मोर्चाकी उपाध्यक्ष जस्माया राई, पञ्चायती राज सेलका संयोजक किशोर कुमार राई लगायतका पार्टी पदाधिकारीहरूले स्वागत गरे। भाजपा प्रचार शाखाका अनुसार यसरी दक्षिणपन्थी शिविरमा प्रवेश गर्ने महिलाहरूमा कल्पना राई, सङ्गीता गुरुङ, बिन्दु राई, बिपना छेत्री, रेश्मा सुब्बा र मीरा बस्नेत रहेका छन्।
​पार्टीको वास्तविक वर्ग-चरित्र बुझ्न नसक्दा नवप्रवेशी सदस्यहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र राज्य नेतृत्वको तथाकथित दूरदर्शी नेतृत्वमा “विकसित सिक्किम” को नाराप्रति अन्धविश्वास व्यक्त गरेका छन्। उनीहरूले पुँजीवादी एजेन्डालाई नै विकासको आधार मान्दै पार्टी हितमा समर्पित हुने प्रतिबद्धता जनाएका छन्। यसैबीच, प्रदेश अध्यक्ष थापाले यस कदमलाई ‘साहसी निर्णय’ भन्दै महिला सशक्तीकरणको अमूर्त र ओठे प्रतिबद्धता दोहोऱ्याएका छन्। उनले यस प्रवेशले नाम्चेबुङ क्षेत्रमा भाजपाको भुँइफुट्टा उपस्थितिलाई अझ सुदृढ बनाउने दाबी समेत गरे। वास्तवमा, महिला सशक्तीकरण र वास्तविक विकास पुँजीवादी दलहरूको छहारीबाट होइन, बरु उत्पीडित वर्गको संगठित र क्रान्तिकारी आन्दोलनबाट मात्र सम्भव छ भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको छ।

About Author

Advertisement