भने, ‘सिक्किमका लागि ऐतिहासिक कोसेढुङ्गा’
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह गोलेले पटना उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त हुनुभएकी मीनाक्षी मदन राईलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ। सिक्किमकी पहिलो महिला न्यायाधीश राईले प्राप्त गर्नुभएको यो ऐतिहासिक सफलतालाई लिएर मुख्यमन्त्री गोलेले आज बिहान उहाँसँग प्रत्यक्ष भेट गर्नुभएको थियो।
भेटघाटपछि सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री गोलेले सिक्किम सरकार र सम्पूर्ण राज्यवासीका तर्फबाट न्यायाधीश राईलाई यस ऐतिहासिक उपलब्धिको लागि हार्दिक बधाई दिनुभएको जानकारी गराउनुभएको छ। उहाँले राईको यो पदोन्नति सिक्किमका लागि एउटा ऐतिहासिक कोसेढुङ्गा र सम्पूर्ण सिक्किमबासीका लागि अत्यन्तै गर्वको विषय भएको उल्लेख गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री गोलेले भन्नुभएको छ, “सिक्किमबाट यो प्रतिष्ठित उच्च पदमा पुग्ने उहाँ पहिलो महिला न्यायाधीश हुनुहुन्छ। उहाँको निष्ठा, समर्पण र न्याय क्षेत्रमा पुर्याएको विशिष्ट योगदानले देशभरिका धेरैलाई प्रेरणा दिनेछ।”
मुख्यमन्त्री गोलेले न्यायाधीश राईको पटना उच्च अदालतको मुख्य न्यायाधीशका रूपमा आगामी कार्यकाल पूर्ण रूपमा सफल र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना समेत गर्नुभएको छ।










