राष्ट्रपति द्रौपदी मुर्मु तीन दिने भ्रमणमा सिक्किम आइपुगिन्

FB_IMG_1779798585624

गान्तोक: भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तीनदिने औपचारिक भ्रमणका क्रममा आज सिक्किमको राजधानी गान्तोक आइपुगेकी छन्।
​गान्तोकस्थित लिबिङ हेलिप्याडमा राष्ट्रपति मुर्मुलाई सिक्किमका राज्यपाल ओमन प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रममा सिक्किम विधानसभाका सभामुख एमएन शेर्पा, उपसभामुख राजकुमारी थापा, सिक्किम सरकारका मन्त्रीहरू, लोकसभा सांसद, विधायकहरूका साथै मुख्य सचिव, प्रहरी महानिर्देशक, गान्तोकका जिल्ला अधिकारी (डीसी), प्रहरी उपरीक्षक (एसपी) र भारतीय सेनाका उच्च अधिकारीहरूको उपस्थिति थियो।
​भ्रमणका क्रममा राष्ट्रपति मुर्मुले सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा मुख्य अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। साथै उनले एक विशेष समारोहबीच सिक्किम प्रहरीलाई ‘प्रेसिडेन्ट पुलिस कलर’ (राष्ट्रपति निशान) प्रदान गर्नेछिन्।

About Author

Advertisement