नयाँ दिल्ली: भारतीय सीनियर पुरुष फूटबल टीम यूनिटी कप २०२६-मा हिस्सा लिन ईंग्ल्याण्डको राजधानी लण्डन पुगेको छ। भारतीय टीम २४ सालपछि ईंग्ल्याण्डमा कुनै इण्टरनेशनल म्याच खेल्न गइरहेकको छ। यसअघि भारतीय टीमले अन्तिमपल्ट साल २००२-मा ईंग्ल्याण्डको माटोमा खेलेको थियो। यूनिटी कपमा भारतको साथमा जमैका, नाइजेरिया र जिम्बाब्वेको टीमले हिस्सा लिनेछ। खालिद जमीलको मार्गदर्शनमा रहने भारतीय टीमले आइतवार बिहान बेंगलुरुबाट लण्डन प्रस्थान गरेको थियो। इण्डियन सुपर लीग २०२५-२६ समाप्त भएको तुरन्त पछि २२ मईमा राष्ट्रिय क्याम्प लगाइएको थियो तर मोहन बगान सुपर जाइण्ट्सले २३ मईमा आफ्ना सबै खेलाड़ीहरूलाई राष्ट्रिय क्याम्पबाट बोलाएको थियो। मोहन बगानको यस फसेलाले गर्दा भारतीय टीम १७ जना खेलाड़ीहरूसँग लण्डन प्रस्थान गरेको छ। गोलकीपर रितिक तिवारी चाहिँ अलग यात्रा गरिरहेका छन् अनि सोमवार रातिसम्म टीममा सामेल हुनेछन्। फिफा ऱ्याङकिंगमा भारत अहिले १३६औं स्थानमा रहेको छछ। भारतीय टीमले २७ मई अबेर राति (भारतीय समयानुसार) यूनिटी कप २०२६-को दोस्रो सेमिफाइनलमा जमैकाको सामना गर्नेछ, जसको फिफा ऱ्याङकिंग ७१ रहेको छ। यसरी पहिलो सेमिफाइनलमा नाइजेरियाको भिड़न्त जिम्बाब्वेसँग हुनेछ। फिफा ऱ्याङकिंगमा नाइजेरिया २६औं र जिम्बाब्वे १३०औं स्थानमा रहेको छ। सेमिफाइनलमा हार्ने दुईवटा टीमबीच तेस्रो स्थानको निम्ति प्लेअफ् म्याच खेलिनेछ। टुर्नामेण्टको फाइनल ३० मईमा खेलिनेछ। टुर्नामेण्टका सबै म्याचहरू लण्डनको द भेली स्टेडियममा खेलिनेछ, जुन चार्ल्टन एथलेटिक फूटबल क्लबकको होम ग्राउण्ड पनि हो।
यूनिटी कप २०२६-को निम्ति भारतीय फूटबल टीम यसप्रकार रहेको छः
गोलकीपरः गुरप्रीत सिंह सन्धू, रितिक तिवारी, अल्बिनो गोम्स
डिफेण्डरः राहुल भेके, निखिल पुजारी, रोशन सिंह नाओरेम, सन्देश झिंगन, आकाश मिश्रा, बिजोय वर्गीस, प्रमवीर
मीडफिल्डरः जेक्सन सिंह थौनाओजम, नौफल पीएन, रिकी शाबोंग
फरवर्डः रेयान विलियम्स, एडमण्ड लालरिन्दिका, लाल्लियाञ्जुआला छांगटे, रहीम अली, फारुख चौधरी।










