दार्जिलिङका प्रख्यात वनस्पति वैज्ञानिक प्रो. गम्भीर सिंह योन्जोनलाई ‘पद्मश्री’ सम्मान प्रदान गरिने​

Screenshot_20260525_190807_Facebook

नयाँ दिल्ली: दार्जिलिङ-कालेबुङ क्षेत्रका प्रख्यात वनस्पति वैज्ञानिक, वरिष्ठ शिक्षाविद् एवं पर्यावरणविद् प्रो. गम्भीर सिंह योन्जोन (जीएस योन्जोन) लाई भारतको प्रतिष्ठित ‘पद्मश्री’ सम्मानबाट विभूषित गरिने भएको छ। राष्ट्र निर्माण तथा पर्यावरण संरक्षणको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यस वर्षको पद्मश्री पुरस्कार प्रदान गर्न लागिएको हो।​ प्रो. योन्जोनले रैथाने वनस्पतिको अध्ययन, जैविक विविधताको अभिलेखीकरण र हिमालयन पर्यावरण संरक्षणमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदान आगामी पुस्ताका लागिसमेत प्रेरणाको स्रोत मानिएको छ। ​प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पद्म पुरस्कार वितरण प्रक्रियालाई सर्वसाधारण केन्द्रित (पिपुल्स पद्म) बनाइएको भन्दै स्थानीय क्षेत्रमा खुसीयाली छाएको छ। यस व्यवस्थाले देशका कुना-कन्दरामा रहेर राष्ट्रका लागि वास्तविक योगदान पुर्‍याउने ओझेल परेका प्रतिभाहरूले उचित सम्मान र पहिचान पाउन थालेका छन्। पर्यावरण र प्राज्ञिक क्षेत्रमा पुर्‍याएको अतुलनीय सेवाका लागि डा. योन्जोनलाई विभिन्न संघ-संस्था र स्थानीय स्तरबाट बधाई ज्ञापन गर्ने क्रम सुरु भएको छ।

About Author

Advertisement