टुङ सन्तमेरिज समष्टिमा गोरामुमोको समर्थन सभा

IMG-20260525-WA0085

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा विभिन्न राजनैतिक दलहरुबाट सामेल हुने क्रम जारी रहेका छन्। यसै क्रममा टुङ सन्तमेरिज समष्टि अन्तर्गत गोराबारी शाखाबाट विभिन्न राजनैतिक दलबाट गोरामुमोमा सामेल भएका छन्। गोराबारी सार्वजनिक भवनमा सम्पन्न भएको समर्थन कार्यक्रममा एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राईको अध्यक्षतामा सम्पन्न भएको सभालाई प्रनित थापाले सञ्चालन गरेका थिए। सभामा गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समिति अध्यक्ष आनन्द राई , पदम बहादुर राई, खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरुङ लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए। नयाँ सदस्यहरुलाई बीके राईले खदा लगाएर स्वागत जनाउँदै शुभकामना व्यक्त गरेका छन्।
सभापछि पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा आनन्द राईले भने, गोरामुमोमा सामेल हुने क्रम जारी रहेका छन्। अब क्षेत्रीय दलहरु एक हुनुपर्छ अब डबल इन्जिनको सरकार बनेको छ।’
छैटौं अनुसूचीबारे प्रश्नको उत्तर दिँदै आनन्द राईले भने, छैटौं अनुसूची भनेको भारत सरकार संग सम्झौता भइसकेको विषय बस्तु हो। गृहमन्त्री अमित शाहले गोर्खाहरुलाई संवैधानिक प्रावधान अनुरुप न्याय दिने घोषणा गरेपछि अब हामीले छैटौं अनुसूची नै बुझ्नुपर्छ। सर्वप्रथम हाम्रो भुभागको संवैधानिक सुरक्षा हुनु पर्छ छैटौं अनुसूचीलेनै हाम्रो भुभागलाई सुरक्षा कवज दिन्छ यसैकारण अब सबै मिलेर छैटौं अनुसूचीनै भन्नू पर्छ। यदि २००७ मा सबैले बुझिदिएको भए आज हामी गोर्खाल्याण्डको मार्गमा हुने थियौँ। गोजमुमो अध्यक्ष बिमल गुरुङले पनि छैटौं अनुसूची बल्ल बुझेछ। म वहाँलाई धन्यवाद दिन चाहान्छु ढिलै भए पनि वहाँले बुझेछ। यदि छैटौं अनुसूची लागू भएको भए आज पाँच डेसिमलको कुरा हुन्थेन। यसकारण अब पहाडको सम्पुर्ण समुदाय, सम्पुर्ण राजनैतिक दल, संघ-संस्था अनि बुद्धिजीवीहरु एकसुत्रमा बाधेर छैटौं अनुसूची लागू गर्नको निम्ति अगि आउनु पर्छ। हाम्रो भूभागलाई संविधानको प्रावधान अनुरुप भारतको संविधानमा गाभ्नु पर्छ।

About Author

Advertisement