गोर्खा जनमुक्ति मोर्चाको मजुवा शाखा कमिटी गठन

IMG-20260524-WA0093

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा अन्तर्गत चिमनी देवराली ब्लकको मजुवा शाखा कमिटी गठन गरिएको छ। उक्त शाखा कमिटी गठनको लागि मजुवामा गोजमुमोको सभा सम्पन्न भएको छ। उक्त सभा ब्लक कमिटीको सभापति बीबी राईको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधान, केन्द्रीय सदस्य सुरज छेत्री, खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राई, सह सचिव विकास तिरुवा, युगल राई लगायत मजुवा शाखाको प्रतिनिधिहरु उपस्थित रहेका थिए। यसै सभामा गोजमुमो मजुवा शाखा कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति राजु गोले, उप सभापति प्रणय तामाङ, सचिव हरि थापा, सह सचिव सुमन थापा, कोषाध्यक्ष कुमारी तामाङ, सल्लाहकारमा राम गोले, मिकमार तामाङ, कुमार प्रधान लगायत ३० जनाको कमिटी गठन गरिएको जानकारी खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले जानकारी दिएका छन्।

About Author

Advertisement