मनोज बोगटीलाई ज्ञान अनि एसएससीसी संयुक्त समितिको केन्द्रीय प्रवक्ता नियुक्त

IMG-20260524-WA0095(1)

कालेबुङ: गोर्खा युथ एक्टिभिष्ट नेटवर्क (ज्ञान) अनि सेपेरेट स्टेट को-अर्डिनेशन कमिटी (एसएससीसी) संयुक्त समितिको केन्द्रीय प्रवक्ताको रुपमा मनोज बोगटीलाई नियुक्त गरिएको छ। संयुक्त समितिले आज आधिकारिक नियुक्ति पत्र प्रदान गरेर गोर्खाल्याण्ड तथा पृथक राज्यसम्बन्धी विषयमा सङ्गठनको आधिकारिक धारणा सार्वजनिक गर्ने, प्रेस, मिडिया तथा सार्वजनिक मञ्चहरूमा सङ्गठनको प्रतिनिधित्व गर्ने, जनसरोकारका समसामयिक विषयहरूमा सङ्गठनको तर्फबाट प्रतिक्रिया राख्ने महत्त्वपूर्ण जिम्मेवारीहरू उनलाई सुम्पिएको छ।

About Author

Advertisement