स्पेनका सीजर एजपिलिकुएटाद्वारा पेशादार फूटबलबाट सन्न्यास लिने घोषणा

IMG-20260523-WA0048

नयाँ दिल्ली: स्पेनका पूर्व इण्टरनेशनल डिफेण्डर सीजर एजपिलिकुएटाले पेशादार फूटबलबाट सन्न्यास लिए। ३६ वर्षीय सीजरले २०२५-२६ सीजन एकजना पेशादार फूटबलरको रूपमा उनको अन्तिम सीजन हुने बताए। सीजर वर्तमानमा स्पेनिश क्लब सेविल्लाको हिस्सा हुन्। स्पेनको निम्ति ४४ वटा म्याच खेलेर १ गोल पनि गर्ने सीजरले सोशल मीडियामा लेखेका छन्, यो सीजन पेशादार फूटबलरको रूपमा मेरो अन्तिम सीजन हुनेछ। यतिका सालहरूसम्म आफ्नो सपना जिउने मौका पाएपछि अहिले मेरो जीवनमा एउटा नयाँ अध्याय शुरु गर्ने समय आएको मलाई अनुभव भयो। यस क्षणको निम्ति मैले आफूलाई तयार गरिरहेको भए पनि आज घोषणा गर्नु मुश्किल भइरहेको छ। वाल्यकालमा पेम्पलोनामा आफ्ना स्कूलका साथीहरूसँग पहिलोपल्ट गोलीलाई किक गर्दा अघिको यात्रा यति असाधारण रहने मैले कल्पना पनि गरेको थिइनँ। म हरेक क्षणको निम्ति आभारी छु। सीजर एजपिलिकुएटाले आफ्नो करियरको शुरुवात गृहनगरको क्लब ओसासुनाबाट गरेका थिए। त्यस क्लबबाट उनले अप्रेल २००७-मा पदार्पण गरेका थिए। त्यसपछि उनले यूरोपको केही नामी क्लबहरूको प्रतिनिधित्व गरे, जसमा फ्रान्सीसी क्लब मार्सिले, प्रीमियर लीग क्लब चेल्सी र स्पेनको क्लब एट्लेटिको म्याड्रिड सामेल छ। उनले चेल्सीमा आफ्नो करियरको अधिकांश समय बिताए, जहाँ उनले ३४९ वटा म्याच खेलेर १० वटा गोल पनि गरे। यसको साथमा उनले स्पेनको राष्ट्रिय टीमको पनि प्रतिनिधित्व गरे। उनले जितेको ट्रफीहरूमा फ्रान्समा २ वटा लीग कप र एउटा फ्रेञ्च सुपर कप, २ वटा प्रीमियर लीग खिताब, एउटा यूएफा च्याम्पियन्स लीग खिताब, एउटा एफए कप, एउटा ईंग्लिश लीग कप, २ वटा यूएफा यूरोपा लीग खिताब र एउटा फिफा क्लब वर्ल्ड कप सामेल छ। सीजर २०२५-मा सेविल्लामा सामेल भए अनि यस सीजनमा १६ वटा म्याच खेले। उनको करियरको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि २०२१-को च्याम्पियन्स लीग खिताब रह्यो। सीजरकै कप्तानीमा चेल्सीले म्यानचेष्टर सिटीलाई पराजित गरी च्याम्पियन्स लीगमा ट्रफी जितेको थियो।

About Author

Advertisement