खरसाङ महकुमा शासकद्वारा खरसाङ नगरपालिकाको चार्च लिए

IMG-20260522-WA0082

नगरपालिका प्रशासकद्वारा हस्ताक्षर गरेर सुम्पे महकुमा शासकलाई

खरसाङ: सरकारी निर्देश अनुसार शुक्रबारदेखि खरसाङ नगरपालिकाको प्रशासनिक अभिभारा खरसाङ महकुमा अधिकारीले लिएका छन्। पश्चिम बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टीको जीतसितै नयाँ सरकार गठनपछि पहाडको तीनवटा नगरपालिकाहरुमा रहेका प्रशासकहरुलाई निकालेर महकुमा शासकलाई जिम्मेवारी दिइएको थियो। सोही अनुसार खरसाङ नगरपालिकाको जिम्मेवारी शुक्रबारदेखि खरसाङ महकुमा शासक आईएएस प्रिया यादवले लिएकी छन्। यसको साथै खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान ब्रिगेन गुरुङले आजसम्मको आय व्यायको फाटवारी पनि प्रशासनिक पक्षबाट हस्ताक्षर गरेर महकुमा शासकलाई सुम्पेका छन्। यस विषयमा बोल्दै पूर्व चेयरम्यान ब्रिगेन गुरुङले पहाडको तीनवटा नगरपालिका कालेबुङ, मिरिक र खरसाङमा २०२२ सालमा पश्चिम बङ्गालका राज्यपालद्धारा हस्ताक्षरित सरकारी निर्देश अनुसार विगतका अध्यक्ष उपाध्यक्षहरूलाई नै प्रशासनिक अभिभारा दिएर राखिएको थियो भनी बताएका छन्। उनले वर्तमान पश्चिम बङ्गाल विधानसभाको चुनावपछि सरकार परिवर्तन भएर नयाँ सरकारले नगरपालिका चुनाउ गराउने भएको छ बताएका छन्। उनले आज २२ मई २०२६ देखि खरसाङ नगरपालिकाको सबै हर हिसाब गरेर महकुमा शासक आईएएस प्रिया यादवलाई सुम्पेको बताएका छन्‌।
पूर्व नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, २०१७ मा गठन भएको खरसाङ नगरपालिकाको बोर्ड २०२२ मा सकिए पनि चुनाउ नभएकोले राज्यपालको निर्देशनमा ग्याजेटेट नोटिफिकेसन अनुसार नै प्रशासक नियुक्त गरिएको र उक्त निर्देशन अनुसार नै आफुहरुले जनताको लागि काम गर्दै आएको बताए। उनले बंगालमा भाजपाको सरकार गठन भएपछि नगरपालिका चुनाउ हुने भएपछि प्रशासकहरु हटाइएको छ। त्यही अनुसार हामीले आज सबै हर हिसाब गरेर २२ मई २०२६ देखि खरसाङ नगरपालिकाको जिम्मेवारी खरसाङ महकुमा शासक आईएएस प्रिया यादवलाई सुम्पेको जानकारी गराएका छन्। उनले अब नगरपालिका चुनाउ चाढै होस् भनी बताएका छन्।

About Author

Advertisement