नयाँ दिल्ली: आईपीएल २०२६ अहिले अन्तिम चरणमा पुगिसकेको छ अनि भारतीय खेलप्रेमीहरूको ध्यान अहिले फिफा वर्ल्ड कप २०२६-मा रहेको छ। भारतीय समय अनुसार १२ जूनदेखि शुरु हुने यस मेगा फूटबल टुर्नामेण्टलाई लिएर देशमा उत्साह लगातार बढ़िरहेको छ। प्रशंसकहरूबीच व्यापक जोश र उत्साहबीच टुर्नामेण्ट शुरु हुन केवल ३ हप्ता अघिसम्म पनि भारतमा यसको आधिकारिक ब्रडकास्टरको फसेला भएको छैन। यो स्थिति भारतीय फूटबलप्रेमीहरूका निम्ति ठूलो चिन्ताको विषय बनेको छ कारण दशकौंदेखि फिफा वर्ल्ड कप भारतमा टेलिभिजन र डिजिटल प्ल्याटफर्ममा व्यापक स्तरमा हेरिन्छ। प्रसार भारतीले दिल्ली हाई कोर्टमा फिफा वर्ल्ड कपको प्रसारण अधिकार हासिल गर्नु उनीहरूको जिम्मेवारी होइन भन्दा मामिला अझ गम्भीर बनेको छ। यस बयानले सार्वजनिक प्रसारक यस रेसबाट बाहिर भएको स्पष्ट गरेको छ। रिपोर्टहरू अनुसार, प्रसार भारतीले अदालतमा फिफा वर्ल्ड कपको मीडिया राइट्स खरीद गर्नु उनीहरूको दायित्व होइन भन्ने स्पष्ट गरेको छ। यस बयानले फूटबल प्रशंसकहरूको चिन्ता बढ़ेको छ। क्रिकेटलाई भारतको सबैभन्दा लोकप्रिय खेल मानिए पनि फिफा वर्ल्ड कपको अवधि देशमा फूटबललाई लिएर अलग पागलपन देखिन्छ। गोवा, केरल, पश्चिम बंगाल, कर्नाटक र पञ्जाब जस्ता राज्यहरूमा फूटबलको अत्याधिक क्रेज रहन्छ। अहिले देशमा युवाहरूबीच यस खेलको लोकप्रियता तेजीको साथ बढ़िरहेको छ। भारतीय फूटबल टीम अहिले फिफा ऱ्याङकिंगमा १३६औं र महिला टीम ६९औं स्थानमा रहेको छ। भारतले अहिलेसम्म फिफा वर्ल्ड कपको निम्ति क्वालीफाई गर्न नसके पनि विश्व कपको अवधि करोड़ौं भारतीयहरूले खेलको आनन्द लिन्छन्। फिफा वर्ल्ड कप २०२६ त्यसै पनि ऐतिहासिक हुन गइरहेको छ कारण पहिलोपल्ट टुर्नामेण्टको आयोजन ३ वटा देशमा हुनेछ। वर्ल्ड कपको आयोजन अमेरिका, मेक्सिको र क्यानाडाको १६ वटा शहरमा हुनेछ। यसबाहेक टुर्नामेण्टको इतिहासमा यसपाली पहिलोपल्ट ३२-को स्थामा ४८ वटा टीमले हिस्सा लिनेछन्। यसरी १२ जूनदेखि २० जुलाईसम्म हुने यस वर्ल्ड कपमा जम्मा १०४ वटा म्याच खेलिनेछ।
विशेषज्ञहरूको भनाइअनुसार, भारतमा मीडिया राइट्स तय नहुनुको मुख्य कारण म्याचहरूको समय हो। वर्ल्ड कपका म्याचहरू भारतीय समय अनुसार अबेर रातिदेखि शुरु हुनेछ। वर्ल्ड कपको १०४ वटा म्याचमा केवल १४ वटा म्याच भारतीय समय अनुसार आधा रात अघि शुरु हुनेछ। यहाँसम्म कि २० जुलाईमा हुने फाइनल म्याच पनि भारतीय समय अनुसार राति १२ः३० बजीदेखि शुरु हुने आशा छ। २०२२-मा कतरमा भएको वर्ल्ड कपको अवधि भारतमा लगभग ७४.५ करोड़ दर्शकहरूले विभिन्न प्ल्याटफर्ममा टुर्नामेण्टको आनन्द लिएका थिए। फूटबल दर्शकहरूको मामिलामा भारतभन्दा अघि एकमात्र चीन रहेको छ। फिफा वर्ल्ड कप टीभी भ्यूअरशीपको मामिलामा भारत लगातार विश्वका शीर्ष १० देशहरूमा सामेल रहन्छ। यति सब भएर पनि अहिलेसम्म कुनै प्रसारक अघि आएको छैन। गत वर्ल्ड कपमा जियो सिनेमाले डिजिटल स्ट्रीमिंग राइट्सको निम्ति लगभग ६० मिलियन डलर खर्च गरेको थियो। यसबीच भारतमा फूटबलबाट हुने कमाई क्रिकेटको तुलनामा धेरै कम्ती मानिन्छ, जसको असर राइट्स डीलमा स्पष्ट देखिएको छ।











