सिक्किममा १ जुनदेखि आनन्द विवाह ऐन लागू हुने‎

IMG-20260429-WA0081

गान्तोक: सिक्किम सरकारले आगामी १ जुन २०२६ देखि आनन्द विवाह ऐन लागू गर्ने निर्णय गरेको छ। यस ऐन लागू भएपछि आनन्द कारज विधिअनुसार सम्पन्न हुने सिख समुदायका विवाहहरूलाई आधिकारिक रूपमा दर्ता गर्न सकिनेछ।
राज्य सरकारको यस निर्णयले सिख समुदायको धार्मिक परम्परा, सांस्कृतिक पहिचान तथा सामाजिक अस्तित्वलाई संरक्षण गर्नुका साथै विवाहसम्बन्धी कानुनी अधिकारलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सरकारले जनाएको अनुसार, यस पहलमार्फत सिख समुदायका विवाहलाई कानुनी मान्यता प्रदान गर्दै परम्परागत धार्मिक संस्कारलाई सम्मानपूर्वक संरक्षण गरिनेछ। साथै विवाह दर्ता प्रक्रियालाई सहज र व्यवस्थित बनाउने उद्देश्य पनि रहेको बताइएको छ।
यस निर्णयलाई राज्यका सिख समुदायले स्वागत गरेका छन्। उनीहरूले यसलाई आफ्नो धार्मिक पहिचान र परम्पराको सम्मानका रूपमा लिएका छन्।

About Author

Advertisement