नर्वेको सर्वोच्च ‘ग्रान्ड क्रस’ सम्मान प्राप्त गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुख्यमन्त्रीद्वारा बधाई‎

FB_IMG_1779190454769

गान्तोक: नर्वेको सर्वोच्च राजकीय सम्मान ‘रोयल नर्वेजियन अर्डर अफ मेरिट’ को ‘ग्रान्ड क्रस’ बाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मानित गरिएको छ। यस प्रतिष्ठित सम्मानका लागि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले उहाँलाई हार्दिक बधाई दिएका छन्।
‎मुख्यमन्त्रीले एक सन्देशमा भने कि यो सम्मान विश्वभर भारतको बढ्दो प्रतिष्ठा तथा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वको अन्तर्राष्ट्रिय मान्यताको प्रतीक हो।
‎उहाँले थप जानकारी दिँदै प्रधानमन्त्री अहिलेसम्म विभिन्न देशहरूबाट कुल ३२ अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन्, जसले उहाँको नेतृत्वप्रति विश्वव्यापी विश्वास र सम्मानलाई देखाउँछ।
‎मुख्यमन्त्रीले भने कि विश्वस्तरमा शान्ति, सहयोग र आपसी विकासका लागि प्रधानमन्त्रीका निरन्तर प्रयासहरूले भारतको कूटनीतिक स्थितिलाई अझ मजबुत बनाएको छ तथा अन्तर्राष्ट्रिय मञ्चमा देशको स्वीकार्यता र सम्मान वृद्धि गरेको छ।

About Author

Advertisement