गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ ले आफ्नो सरकारी निवासमा उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा लोकसभाका सांसद त्रिवेन्द्रसिंह रावत लगायत अन्य विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गरेका छन्।
मुख्यमन्त्रीले उक्त भेटघाट आत्मीय र अर्थपूर्ण रहेको उल्लेख गर्दै पाहुनाहरूलाई सिक्किम बसाइ सुखद तथा स्मरणीय रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
भेटका क्रममा आपसी सद्भाव, सौहार्दपूर्ण सम्बन्ध तथा विभिन्न समसामयिक विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ।









