स्वीडेनको सर्वोच्च राजकीय सम्मानबाट सम्मानित प्रधानमन्त्री नरेन्द्र मोदी‎‎‎

FB_IMG_1779094254091

नयाँ दिल्ली: ‎स्वीडेन सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘रोयल अर्डर अफ द पोलार स्टार’ अन्तर्गत ‘कमाण्डर ग्रान्ड क्रस’ सम्मान प्रदान गरेको छ। यो स्वीडेनको तर्फबाट कुनै राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई प्रदान गरिने सर्वोच्च सम्मान हो।‎ यो सम्मान प्रधानमन्त्री मोदीले प्राप्त गरेको ३१औँ अन्तर्राष्ट्रिय सम्मानका रूपमा हेरिएको छ, जसलाई विश्वमञ्चमा भारतको बढ्दो प्रतिष्ठा तथा उहाँको दूरदर्शी नेतृत्वप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वासको प्रतीक मानिएको छ।
यो सम्मान केवल एक नेताको व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण भारतका लागि गौरवको विषय रहेकाे छ।
प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत आज विश्वमञ्चमा नयाँ उचाइमा पुगेको तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा एक सशक्त र सम्मानजनक स्थान स्थापित गर्न सफल भएको छ।‎ यो सम्मानले आज विश्व समुदायले भारतको नेतृत्व, विकासको दृष्टिकोण तथा कूटनीतिक क्षमतालाई विशेष महत्व दिएको प्रमाणित गर्दछ।

About Author

Advertisement