खरसाङ: तीनधारेको बीस माइलस्थित स्मृति वन परिसरमा गोरामुमो तीनधारे महानदी समष्टिको एक सभा जयराज थापाको सभापतित्वमा सम्पन्न भयो। सभामा विशेष गरी स्मृति वन वरिपरिका सिलिम पहाड़, आरूबोटे, स्मृति वनका गोरामुमोका पुरानो समर्थकहरू पुन गोरामुमोमा फर्की आएकाहरुलाई समष्टि अध्यक्ष जेबी गुरुङको बाहुलीबाट खदामाला लगाई स्वागत गरियो। सभामा नै यी क्षेत्रहरूलाई समेटेर गोरामुमो शाखा समिति गठन गरियो।सभामा निम्नलिखित व्यक्तिहरुलाई सर्वसम्मतिद्वारा पदाधिकारी चयन गरियो जसमा
सभापति हिरण सुब्बा, उप- सभापति मनोज थापा, सचिव रेणु लामा, उप-सचिव अशोक राणा, कोषाध्यक्षा हिरा प्रधान, सल्लाहकार जयराज थापा, दिलिप मगर लगायत १२ जनाको कार्यकारी सदस्य सदस्याहरु चयन भएका छन्।सभालाई समष्टि मूल सचिव प्रमोद थापाले स्वागत भाषण राखेका अनि सबै नव चयनित पदाधिकारी अनि कार्यकारी सदस्य-सदस्यामा बधाई अनि शुभकामना जनाएका छन्।
सभालाई नारी नेत्री शिला प्रधान अनि अनिता लामाले पनि आफ्नो सम्बोधन राखेका थिए।
सभालाई समष्टि उप सभापति बिजय थापालेबआफ्नो सम्बोधनमा जीटीए अनि डीजीएचसीबारे बारे पार्थक्यता विषयमा वक्तव्य राखेका थिए। उनले भने, यदि हाम्रो पूर्व पार्टी अध्यक्ष अतुल्य सुवास घिसिङले जीटीए बिरूद्ध उच्च न्यायालयमा दर्ता गरेको मुद्दा वर्तमान अध्यक्ष मन घिसिङले पुनः खोलाएमा यो असंवैधानिक जीटीए तत्कालै रद्द हुनेछ, किनकि उच्च न्यायालयको न्यायाधीशद्वरा यो जीटीए असंवैधानिक घोषित भइसकेको छ। सभालाई समष्टि अध्यक्ष जेबी गुरुङले आफ्नो सम्बोधनमा नव चयनित पदाधिकारी तथा कार्यकारी समितिको सदस्य सदस्यामा बधाई अनि शुभकामना व्यक्त गर्दै भने, हाम्रो पार्टीमा नयाँ पुरानो भन्ने कुनै बिषय बस्तु छैन। २००७ साल अघि यो पहाड सबै हरियो नै थिए। यहाँ केही अवसरवादीहरूले हाम्रो विश्वास हाम्रो आस्था माथि खेलवाड गर्यो। हामीलाई छताछुल्ल बनायो, अब हामी एक हुने समय छ, यही नै समयको माग हो। हाम्रो प्यारो अतुल्य सुवास घिसिङले देखाएको सपना साकार हुने सुनिश्चित छ। उनको परिकल्पनामा नै यो पहाड – तराईको मुक्ति छ। यसकारण हामी अब कसैको लहैलहैमा लाग्नु हुँदैन। सबैलाई हामी यो पार्टी मा स्वागत गर्छौं, यही पार्टी यही हरीयो झण्डाले नै
हामीलाई खुसी दिने छ।
सभालाई सभाध्यक्षद्वारा सम्बोधन राख्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै सभा बर्खास्त गरे। सभामा धेरै पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो। सभा प्रचार प्रसार सचिव पूर्ण गुरुङले सञ्चालन गरेका थिए।











