आईजीजेएफ पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता आरके शर्माले दिए पार्टीबाट राजीनामा

IMG-20260517-WA0085

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं प्रवक्ता साथै खरसाङ महकुमा समितिको सचिव आरके शर्माले पार्टीबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सलाई पठाएका छन्। उक्त राजिनामा पत्रमा उनले प्रवक्ता पद, केन्द्रीय कार्यबसमितिबसदस्य पद तथा साधारण सदस्यत्ताबाट आजको मितिदेखि राजीनामा दिएको बताएका छन्। आरके शर्माले आफ्नोे राजीनामा पत्रमा उल्लेख गरेका छन् – ‘जुन सोच एवं विचार लिएर म पार्टीमा आएको थिएँ, समयसँगै त्यो पूर्ण रुपमा मेल खान नसकेको महसुस मैले गरेको छु। पार्टीको कार्यशैली, पार्टीको विचार तथा कथनी र करनीमा देखिएको भिन्नता, पूर्ण निष्ठा एवं इमानदारिताका साथ काम गर्दा पनि त्यसको उचित मूल्यांकन नभएको अनुभव साथै पार्टीभित्र बढ्‌दो एकल निर्णय र एकल नीतिका कारण मैले यो निर्णय लिन बाध्य भएको हुँ।’
उनले अघि भनेका छन् -‘वास्तवमा म यो राजीनामा विधायक चुनाव अघि नै दिन चाहन्थे तर चुनाउको समयमा पार्टीलाई कुनै प्रकारको क्षति नहोस् भन्ने सोचले मात्र मैले आफ्नो निर्णय रोकेको थिएँ। त्यसै कारण चुनाउको समयमा पनि मैले कुनै विशेष योगदान दिन सकिन।’
उनले अझ भने, अब चुनाउ सम्पन्न भइसकेको छ, परिणाम पनि सार्वजनिक भइसकेको छ र सम्पूर्ण प्रक्रिया समाप्त भएको छ। त्यसैले अब म आफ्नो समय आफ्नो परिवार तथा आफ्नो ठाउँ खरसाङ‌को हित र सेवामा समर्पित गर्न चाहान्छु। पार्टीमा रहँदा प्राप्त साथ, सहयोग तथा अनुभवका लागि सम्पूर्ण नेतृत्व एवं कार्यकर्ताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यसको साथै पार्टीको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछु।’

About Author

Advertisement