भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे सभा सम्पन्न

IMG-20260517-WA0082

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा विधानसभा चुनावपछि पहिलो सभा स्थानीय खरसाङ महकुमा समिति कार्यालयमा सभा सम्पन्न भएको छ। उक्त सभाकोे सञ्चालन खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले गरेका थिए। सभामा खरसाङ टाउन कमिटीका कार्यकारीणी सदस्य राजु सेवाले केही दिन अघि गाेजमुमाेका अध्यक्ष बिमल गुरुङले थुकी दिनु भनेर जनतालाई उस्काउने भाषण दिएकाे कुरालाई सभाबाटै विरोध जनाउँदै यसपालीको चुनाव आफ्नाे पार्टीबाट एकजना पनि उम्मेद्धार दिनु नसक्ने मान्छेले आज यही जीतकोे खुशी मनाउँदै छ तर त्यो उनको जीत होईन त्यो भारतीय जनता पार्टीको जीत हो र त्यो विमल गुरुङकोे नैतिक हार हाे भनी बताए। वक्तव्य राख्ने क्रममा टाउन कमिटीका सांगठनिक सचिव बिशन तामाङ, लक्ष्मण गुरुङ अनि टाउन कमिटी सांगठनिक सचिव मैत्र सेन शर्माले वक्तव्य राखेका थिए। आजको यस कार्यकारीणी सभाकोे अध्यक्षता टाउन कमिटीका उपाध्यक्ष सन्तोष परीले गरेका थिए। सभामा वार्डका नेतृत्त्व गर्ने टाउन कमिटीका सम्पूर्ण सदस्यगण उपस्थित थिए।

About Author

Advertisement