खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको बुथ नम्बर २५७ को भारतीय जनता पार्टीको आयोजनामा घैयाबारीमा बिजय ऱ्यालीको आयोजनामा गरिएको छ। यसपालीको विधानसभा चुनावमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामालाई भोट दिएर जिताउन सहायता गर्ने जनतालाई धन्यवाद ज्ञापन गर्नलाई उक्त बिजय ऱ्यालीको आयोजना गरिएको छ। उक्त बिजय ऱ्याली घैयाबारीको अप्पर गैरी गाउँस्थित अस्पताल मोडदेखि शुरु भएर राष्ट्रिय राजमार्ग ११० हुँदै डाँडा गाउँसम्म अनि त्यहाँबाट १४ माइलसम्म आयोजना गरिएको छ।

उक्त बिजय ऱ्यालीमा भाजपाको नेतृत्व साथै पञ्चायत सदस्य महेश छेत्री र सुनिता गजमेर, बुथ कमिटीको सभापति महेश लामा, सचिव जलदीप छेत्री, नारी मोर्चा सचिव सपना राई, युवा मोर्चाबाट रबि छेत्री र देवमणि राई लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त बिजय ऱ्याली आयोजना गर्नुको मुख्य उद्देश्य जनतालाई धन्यवाद ज्ञापन गर्नु रहेको पञ्चायत सदस्य महेश छेत्रीले बताएका छन्।










