चुनाउपछि जनतालाई धन्यवाद ज्ञापन गर्न भागोप्रमो तीनधारे महानदी समष्टिको पहिलो सांगठनिक सभा सम्पन्न

IMG-20260517-WA0076

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको चुनावपछि पहिलो सांगठनिक सभा साथै धन्यवाद सभा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव एवं खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामा उपस्थित रहेका थिए। सभालाई समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेका थिए। सभामा स्वागत सम्भाषण समष्टिको सांगठनिक सचिव एवं कर्माध्यक्ष दावा वाङ्दी लामाले राखेका थिए। सभालाई केन्द्रीय महासचिव एवं खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामा, खरसाङ महकुमा समितिको महासचिव एवं सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, पेम्बा रिम्पोर्छे, नारी शक्तिको समष्टि सभापति निरा प्रधान, पञ्चायत समिति सदस्या कुसुम प्रधान, जीटीए कर्मचारी संगठनको तर्फबाट युवराज प्रधान, ट्रक मालिक एसोसिएसनको तर्फबाट मन्ना त्रिखत्री आदिले वक्तव्य राखेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्तिको समष्टि सभापति केवल राई लगायत समष्टिको पदाधिकारीहरु, २२ वटै बुथहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा विशेष गरेर पार्टीको तर्फबाट जनतालाई धन्यवाद दिइएको छ भने समष्टिको २२ वटै बुथहरुका प्रतिनिधिहरु र पार्टी कार्यकर्ताहरुलाई धन्यवाद दिइएको छ।

सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ यो सभा सांगठनिक सभासितै समष्टिको जनता र पार्टी कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नु रहेको बताएका छन्‌। उनले तीनधारे महानदी समष्टिको २२ वटा बुथहरुमा सातवटा बुथहरुमा भागोप्रमोको जीत भएको जानकारी गराउँदै जनतालाई धन्यवाद ज्ञापन गर्न सभामा केन्द्रीय महासचिव एवं खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामा उपस्थित रहेको बताएका छन्‌।

About Author

Advertisement