हाम्रो पार्टी अध्यक्ष विमल गुरुङमाथि जे पायो तेही नबोलेको राम्रो: सत्यवान छेत्री
खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन गोर्खा युवा मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा खरसाङको एक होटलमा सम्पन्न भएको छ। उक्त सभा युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान् छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई युवा मोर्चाको खरसाङ महकुमा समितिको सचिव अरुण थापाले सञ्चालन गरेका थिए। उक्त सभा खरसाङ महकुमा अन्तर्गत आठवटा समष्टिका युवा मोर्चाको प्रतिनिधिहरुलाई लिएर सम्पन्न भएको थियो। सभालाई गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राई, घैयाबारीको संयोजक दिप सन्यासी, युवा मोर्चाका केन्द्रीय सदस्यहरु युवराज लामा, योगराज प्रधान, विकास देवान, महकुमा सदस्य कमल शर्मा, सुनिल राई, टुंगो सन्त मेरिज समष्टिबाट पुजन छेत्री आदिले वक्तव्य राखेका थिए। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान् छेत्रीले पार्टी अध्यक्ष बिमल गुरुङमाथि टिप्पणी गर्नेहरुमाथि युवा मोर्चाको तर्फबाट प्रतिक्रिया दिएका छन्। उनले आजको सभा युवा मोर्चाको सांगठनिक गतिविधि र आगामी रणनीति विषयमा चर्चा परिचर्चा गर्नुको साथै पार्टी अध्यक्ष बिमल गुरुङमाथि भईरहेको विभिन्न टिप्पणीहरु विषयमा जवाब दिनलाई पनि सभाको आयोजना गरिएको जानकारी गराएका छन्। उनले आजको सभा युवा मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक गतिविधि र आगामी रणनीति विषयमा चर्चा परिचर्चा गर्न आयोजना गरिएको जानकारी गराएका छन् । उनले प्रत्येक समष्टिमा युवा मोर्चाको कमिटी गठन भईरहेको बताए। सत्यवान छेत्रीले भने, यसपाली डबल इञ्जिनको राम्रो सरकार गठन भएको छ र यस सरकारमाथि धेरै आशा छ। उनले हामी गोर्खाल्याण्ड नै चाहान्छौं र गोर्खाल्याण्डको निम्ति नै युवाहरु सदैव तयार रहेको बताएका छन्। युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान् छेत्रीले पार्टी अध्यक्ष बिमल गुरुङमाथि भईरहेको विभिन्न टिप्पणीहरु विषयमा बोल्दै भने, २०१७ को आन्दोलन बिथोल्नेलाई थुक्दा पाप काटिन्छ होला। आएर आएर गोर्खा अस्मिता फर्काएर ल्याएको हो। यहाँ नाम बिनय तामाङ र अनित थापाको मात्रै आईरहेको छ। तर यसमा आलोककान्तमणि थुलुङ पनि हो। यस विषयमा म आफै साक्षी हुँ। उनले मिडियामा आएर जनतालाई धम्काउने काम नगर्नु। खरसाङ युवा मोर्चा तपाईंको धम्कीमा डराउँदैन। तपाईंहरुसित पुलिस प्रशासन थियो र त डराई भएन् अहिले त खुल्ला वान टु वान छ दुवैपट्टि। अध्यक्ष बिमल गुरुङमाथि जे पायो त्यही टिप्पणी गरेको राम्रो होइन।’
छेत्रीले विमल गुरुङमाथि टिप्पणी गर्नेहरुमाथि बोल्दै भने, एकजना धर्म गुरुले पनि धेरै बोल्दै गरेको सोसियल मिडियामा देखियो। उनी पाँच महिनासम्म बिमल गुरुङको तलुवा चाँट्दै थिए तर अहिले आएर जे पायो त्यही नबोल्नु होला। धर्म गुरु भएर राजनीतिक कुरामा नबोलेको नै राम्रो हुन्छ। तर राजनीतिक नेता भएर नै बोल्छ भने हामी पनि नेताको रूपमा जवाब दिनलाई तयार छौँ।’
सत्यवान छेत्रीले अझ भने, बिमल गुरुङ भागेको होइन तर भगाइएको हो। २०१७ को आन्दोलन विषयमा सबैलाई थाहा छ। सबैलाई थाहा छ कसले आन्दोलन बिथोलेको हो भनेर। हामी कसैसित पनि डराउँदैनौं हामी कतिजना पनि आन्दोलनमा जेल गएका थियौँ हामी गोर्खाल्याण्डको गएका थियौँ। अहिले पनि हामी युवा मोर्चा तयार छौँ।’

छेत्रीले प्रत्येक समष्टिभित्र युवा मोर्चाको कमिटी गठन भईरहेको र खरसाङको जनतालाई धन्यवाद दिन चाहान्छौं। अब गोर्खालाई धोका हुँदैन भन्ने कुरामा आशावादी छौं तर फेरि धोका भए युवा मोर्चा तयार छ।’










