गाम्बा ओसाकाविरुद्ध फाइनलमा हारपछि चरम निराश अल-नस्रका स्टार फूटबलर रोनाल्डो

IMG-20260517-WA0040

रियाद: सऊदी क्लब अल-नस्र र फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको निम्ति शनिवारको रात चरम निराशाजनक साबित भयो। एएफसी च्याम्पियन्स लीग टू-को फाइनलमा जापानको क्लब गाम्बा ओसाकाले अल-नस्रलाई १-०-ले पराजित गरी खिताब जित्यो। यस हारपछि रोनाल्डोलाई चरम निराश देखियो अनि उनले आफ्नो रनरअप पदक लिन पनि अस्वीकार गरे। रियादको अलाव्वल पार्कमा खेलिएको फाइनलमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने अल-नस्रले विपक्षी टीममाथि दबाउ सृष्टि गर्दै लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। यसबीच म्याचको २९औं मिनटमा तुर्कीका फरवर्ड डेनीज हम्मेतले बक्सभित्रबाट असाधारण दक्षताको साथ गोल गरी जापानको क्लबलाई बढ़त दिलाए। गोलपछि लामो भीएआर चेक भयो तर अन्तमा गोललाई मान्यता दिइयो। म्याचपछि हम्मेतले भने, म्याचको गोल गरेर टीमलाई सहायता गर्न सक्दा म खुशी छु। दोस्रो हाफको खेलमा हामी सामान्य नर्वस थियौं तर अन्तमा जीत हासिल गऱ्यौं। यही महत्त्वपूर्ण कुरा हो। मलाई आफ्नो साथीहरूमाथि गर्व छ। अल-नस्रका स्टार खेलाड़ीहरूले म्याचमा धेरै मौकाहरू बनाएका थिए तर भाग्यले साथ नदिँदा गोल हुन सकेन। पहिलो हाफको अन्ततिर रोनाल्डोले गोल गर्ने असल मौका पाएका थिए तर जोआओ फेलिक्सको क्रसमा उनको हेडर गोलपोष्टदेखि बाहिर गयो। त्यससपछि म्याच समाप्त हुन १३ मिनट अघि फेलिक्सले लामो दूरीबाट हिर्काएको गोली पोष्टमा लागेर फर्कियो। यसबाहेक ओसाकाको मजबूत डिफेन्स लाइनले अल-नस्रको आक्रमण पंक्तिलाई खुलेर खेल्ने मौका दिएन। फाइनलमा हारपछि रोनाल्डोलाई चरम निराश देखियो। म्याच समाप्त भएपछि उनी रनरअप मेडल लिन पनि गएनन्। रोनाल्डो दिसम्बर २०२२-मा अल-नस्रमा सामेल भएका थिए तर उनले अहिलेसम्म क्लबलाई कुनै ठूलो अन्तर्राष्ट्रिय खिताब दिलाउन सकेका छैनन्। यस हारले अल-नस्र र रोनाल्डोलाई ठूलो झट्का दिएको छ तर टीमसँग अहिले पनि सऊदी प्रो लीगको खिताब जित्ने मौका रहेको छ। लीग टेबलमा अल-नस्र अहिले ३३ वटा म्याचमा ८३ पोइण्ट्सको साथ शीर्षमा कायम छ। उनीहरूसँग दोस्रो स्थानमा रहने अल-हिलालभन्दा २ पोइण्ट्स अधिक रहेको छ। अल-नस्रले अब बिहीवार दमाकविरुद्ध आफ्नो अन्तिम लीग म्याच खेल्नेछ। त्यस म्याचमा जीत हासिल गर्न सके क्लबले २०१९ पछि पहिलोपल्ट सऊदी प्रो लीगको खिताब जित्नेछ।

About Author

Advertisement